मनसुनजन्य जोखिम अझै बाँकीः प्रजिअ तामाङ

२०७९ भाद्र २६, आईतबार


ओखलढुंगा (शेर्पाखबर) । मनसुनजन्य विपदको जोखिम अझै बाँकी रहेकाले सबै पक्ष सतर्क रहन प्रमुख जिल्ला जिल्ला अधिकारी दिलकुमार तामाङले आग्रह गरेको छ । जोखिम न्यूनिकरण, खोज तथा उद्धार, राहतका लागि सुरक्षाकर्मी, स्थानीय तह र अन्य सम्बद्ध निकाय तयारी अवस्थामा रहन प्रजिअ तामाङले आग्रह गरेको हो । 
जिल्ला विपद् व्यवस्थान समिति ओखलढुंगाको भाद्र २६ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा बसेको वैठकमा प्रजिअ तामांगले यस बर्ष मनसुनमा मानवीय क्षति व्यहोर्नु नपरेपनि विगतलाई हेर्ने हो भने जोखिम अझै कायम रहेको बताएका छन् । 
वैठकले जिल्ला विपद् पूर्वयारी तथा प्रतिकार्य योजना २०७९ पारित गरेको छ । जेठ १३ गते बसेको वैठकले योजना तयार पार्न सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलको संयोजकत्वमा समिति गठन गरी जिम्मेवारी दिइएको थियो । तयार पारेको योजनालाई समितिले जस्ताको तस्तै पारित गर्ने निर्णय गरेको विपद् व्यवस्थापन समितिका संयोजक दिलकुमार तामाङले जानकारी दिए । 
योजनालाई पुस्तकको रुपमा प्रकाशन गरी जिल्लाभरी वितरण गर्ने जिम्मेवारी सिद्धिचरण नगरपालिकाले लिने समेत निर्णय गरेको छ । त्यस्तै, निजी आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत जिल्लाबाट छनौट भई पहिलो, दोस्रो र तेस्रो किस्ता रकम पाउन बाँकी लाभग्राहीहरुलाई सरकारबाट भुक्तानी सम्वन्धमा नीतिगत निर्णय भए लगतै प्राथमिकताक्रम अनुसार सघन शहरी विकास तथा भवन आयोजनाको कार्यालयले वितरण गर्ने समेत निर्णय भएको प्रशासकीय अधिकृत जनक बस्नेतले जानकारी दिए । 
बैठकमा विपद् व्यवस्थापन कोषबाट विभिन्न घटनाहरुमा पीडित २१ घरपरिवार सदस्यलाई ३७ थान त्रिपाल, सशस्त्र प्रहरी बल आश्रित गुल्म ओखलढुंगाको पोष्ट निर्माणका लागि २ सय थान खाली बोरा प्रदान गर्ने निर्णयलाई अनुमोदन गरेको छ । त्यस्तै, वैठकले विपद्जन्य घर जोखिममा परेका घरपरिवारका लागि १ सय ३६ थान तारजाली, गत आर्थिक बर्षको जाडोयाममा न्यानो कपडा खरीद २ सय थान वापत २ लाख ५० हजार ३ सय, मृतक परिवारलाई ४ लाख, विपद्बाट षति भउका १६ घर परिवारलाई २ लाख ४० हजार, विपद्जन्य घटनाका पीडित ९ घरपरिवारलाई प्रहरी प्रतिवेदन र स्थानीय तहको सिफारिसमा भाद्र २६ गतेसम्म १ लाख पैतीस हजार वितरण भएको राहत रकम समेत अनुमोदन गरेको छ ।
यसबर्षको मनसुनमा कुनैपनि मानवीय क्षति व्यहोर्नु नपरेको, स्थानीय तहहरुले क्षति न्यूनिकरणमा तदारुपता देखाएको भन्दै संयोजक तामाङले सम्बद्ध निकायलाई धन्यवाद ज्ञापन गरे । वैठकमा जिल्ला समन्वय प्रमुख डिल्लीराम खनाल, सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, राजनैतिक दलका प्रतिनिधी, रेडक्रस, यातायात व्यवसायी, पत्रकार महासंघका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho