भोजपुरबाट २ शेर्पा उम्मेदवार सिफारिस

शेर्पाखबर

२०७९ भाद्र २५, शनिबार


काठमाडौं (शेर्पाखबर) । आसन्न संघ तथा प्रदेशसभा निर्वाचनका लागि भोजपुरबाट २ जना शेर्पाहरु उम्मेदवार सिफारिस भएका छन् । संघतर्फ प्रत्यक्षमा पूर्वमन्त्री कृपाशुर शेर्पा र प्रदेशतर्फ पासाङ दोर्ची शेर्पा सिफारिस भएका हुन् ।
नेकपा एमाले भोजपुरले उम्मेदवारहरु टुंगो लगाउँदै प्रदेश र केन्द्रीय कमिटिमा नाम पठाइएको लोकतान्त्रिक शेर्पा संघका इन्चार्ज फूर्वा तेन्जी शेर्पाले जानकारी दिए । त्यस्तै, प्रत्यक्षतर्फ पूर्वमूख्य मन्त्री शेरधन राईको पनि नाम समावेश छ । त्यस्तै, अन्य थुप्रै नेताहरुको नाम प्रदेश प्रत्यक्ष र समानुपातिकमा नाम पठाइएको जनाएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho