प्रत्यक्षतर्फ पहिलो महिला उम्मेदवार शेर्पा

लाक्पा जी शेर्पा

२०७९ भाद्र २५, शनिबार


काठमाडौं (शेर्पाखबर) । दोलखा कांग्रेसले आसन्न संघ तथा प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । जसमा देशैभरबाट हालसम्म प्रत्यक्षमा एक जना शेर्पा महिलाको नाम समावेश भएको पाइएको छ । यसरी सिफारिस हुनेमा दोलखा क्षेत्र नम्बर (ख) बाट महिला प्रत्यक्ष तर्फका उम्मेदवार छिरिङ डोल्मा शेर्पा हुन् । हालसम्म अन्य कुनैपनि दलबाट प्रत्यक्षतर्फ शेर्पा महिलाको नाम आएका छैनन् ।

 

त्यस्तै, प्रत्यक्षमा संघतर्फ जिपछिरिङ लामा शेर्पासहित ७ जना छन् । त्यस्तै, प्रदेश (क) मा सोनाम शेर्पासहित ५ जना समानुपातिकमा छन् । त्यस्तै, प्रदेश (ख) मा दावा शेर्पा सहित ५ जना पुरुषतर्फ समानुपातिकमा उम्मेदवार सिफारिस भएका हुन् ।
 

दोलखा कांग्रेसले अध्यक्ष बर्म लामासहित ३२ जनाको नाम समानुपातिक र प्रत्यक्षतर्फ सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ । 
प्रत्यक्षतर्फ सिफारिस भएकी शेर्पा कांग्रेस महाधिवेशन प्रतिनिधी हुन् । मिसेस टुरिजम नेपाल विजेता शेर्पा, नेपाल भ्रमण बर्षको सद्भावनादूतको रुपमा समेत काम गरेका छन् । छोटो समयमा राजनैतिक रुपमा फड्को मारेका शेर्पा युवाहरुमाझ लोकप्रिय नेतृको रुपमा सुपरिचित छन् ।
उनी दोलखा विगु गाउँपालिका, लामबगरकी हुन् । हाल काठमाडौं बौद्ध फुलबारीमा वस्दै आएकी शेर्पा शिक्षा क्षेत्रमा क्रियाशिल छिन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho