ट्रकको ठक्करबाट घाईते भएका फुरी शेर्पा ज्यान गयो

शेर्पाखबर

२०७९ भाद्र २४, शुक्रबार


ओखलढुंगा (शेर्पाखबर) । सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडा ओखलढुंगामा ट्रकको ठक्करबाट घाईते युवाको मृत्यु भएको छ । ना २ ख ८७८९ नम्बरको ट्रकको ठक्करबाट घाईते भएका अन्दाजी वर्ष ३६ को फुरी शेर्पाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । 
बेवारीसे अवस्थामा बस्ने शेर्पालाई विहिबार विहान करीब १०ः२५ बजे मिलनचोकबाट रमाईलोडाँडा आई पार्किङ गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । 
देब्रे गालामा चोट लागेको र उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएकाले थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाण्डौ लैजादै गर्दा सिन्धुलीको खुर्कोटमा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको प्रहरी जनाएको छ । चालक सिद्धिचरण नगरपालिका ९ ज्यामीरे बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ र ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho