संगठन विभागलाई दुरुस्त राख्ने दायित्व छः सचिव शेर्पा

शेर्पाखबर

२०७९ भाद्र २३, विहिबार


काठमाडौं (शेर्पाखबर) । जनता समाजवादी पार्टी नेपालका संगठन विभाग सचिव लाक्पा शेर्पाले विभागलाई चुस्त राख्ने अभियान शुरु गरेको छ । केन्द्रीय कार्यालय बालकुमारी, काठमाडांैमा विभागको छुट्टै कार्यालय विस्तार गरी व्यवस्थित गर्न लागेको हो ।
विभागको सचिवको जिम्मेवारी सम्हालेपछि केन्द्रीय कार्यालयमा निणर्यहरु जानकारी गराउँदै सचिव शेर्पाले कार्यालय व्यवस्थित गरी संगठनलाई चुस्त दुरुस्त राख्ने गरी गतिविधि अघि बढेको बताए । 
कम्प्युटर, प्रिन्टर, कुर्सि, सोफा, दराज लगायतका सामाग्रीहरु जुटाउने र व्यवस्थापन गरी दिन केन्द्रीय कार्यालयलाई अनुरोध समेत गर्ने विभागको भाद्र १७ गते बसेको वैठकले निर्णय समेत गरेका छन् ।
संगठनलाई प्रभावकारी रुपमा अगाडि बढाउन अभिलेख संकलन गर्न, संगठनका अवस्थाको जानकारी लिनका लागि विभागका सदस्यहरुलाई जिम्मेवारी तोक्ने काम समेत वैठकले गरेको छ । प्रदेश नं.१ मा खगेन्द्र  माखिम, मधेश प्रदेशमा कैलाश प्रदास यादव, अशेस्वर यादव, किरण कुमारी राय, भरत बहादुर खड्का, बागमति प्रदेशमा विद्युत बज्राचार्य र गण्डकी प्रदेशमा धन प्रसाद तामाङलाई जिम्मेवारी तोकेको छ । त्यस्तै, लुम्विनी प्रदेशमा अशोक कुमार यादव, मञ्जु अन्सारी, वोम दर्लामी, कर्णाली प्रदेशमा संगठन विभाग र सुदुरपश्चिम प्रदेशमा होरीलाल चौधरीलाई जिम्मेवारी तोकेको छ ।  
वैठकले राष्ट्रि«य समितिहरुमा लाक्पा शेर्पा, खगेन्द्र माखिम, वोम दर्लामी, जन वर्गीय संगठनमा भिम राई, अशेश्वर यादव, गैर भौगोलिकमा चन्देश्वर प्रसाद सिंह, मञ्जु अन्सारी, प्रवास विशेष समिति रहने संगठन विभाग प्रमुख राम सहायक प्रसाद यादवले जानकारी दिए ।   
पार्टी नियमावली ४८ (१) मा व्यवस्था भए वमोजिम संगठन विभागको सचिवको शेर्पालाई चयन भएसँगै गतिविधि तिब्रता पाएको जनाइएको छ । सचिव चयन भएसँगै शेर्पाले कार्यालय, पार्टी संगठनलाई चुस्त दुरुस्त राख्ने प्रतिबद्धता व्यक्त गरे । 
हिमाली आदिवासी समुदायबाट राष्ट्यि पार्टीको संगठन जिम्मेवारी पाउने शेर्पा पहिलो हुन् । शेर्पाले आफूले संगठन विभागको सचिवको जिम्मेवारीलाई गहन रुपमा निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । पार्टी राजनैतिक समितिका सदस्य रहेका शेर्पा शेर्पालुङ इन्चार्ज समेत हुन । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho