सन्दीपले बारम्बार बलात्कार गरेः पीडित

२०७९ भाद्र २२, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जोहरीमाथि अनुसन्धान सुरु भएको छ ।  अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको हो ।
लामिछाने माथि जबरजस्ती करणी कसूरमा प्रहरी वृत्त गौशालामा जाहेरी दरखास्त परेको छ । जाहेरीमा १७ वर्षीया नाबालिकाले स्याङ्जा आरुचौर गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने लामिछानेले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेको उल्लेख छ । भदौ ६ गते राति अन्दाजी १२ः२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho