अध्यक्ष शेर्पाको अगुवाईमा पात्लेका ७६ जनालाई भत्ता 

ङावाङ गोम्बु शेर्पा

२०७९ भाद्र २१, मंगलबार


ओखलढुंगा (शेर्पाखबर) वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण अभियान अन्तर्गत खिजीदेम्बा गाउँपालिका वडा नं. ९ पात्ले ओखलढुंगामा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको उपस्थितीमा भत्ता वितरण गरिएको हो । 
वडा कार्यालयमा वडा अध्यक्ष, मेगा वैंक खिजीफलाटेका प्रतिनिधी, सुरक्षाकर्मी लगायतको उपस्थितीमा भत्ता वितरण गरिएको वडा अध्यक्ष ङावाङ फुरी शेर्पाले जानकारी दिए । जेष्ठ नागरिक, अपांग, एकल महिला, दलित, दलित बालबालिकाहरु गरी ७६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । लाभग्राहीहरुको अनिवार्य वैंक खाता प्राणाली लागू भएपछि वैंकबाटै भत्ता बुझ्नुपर्ने वाध्यताकारी व्यवस्था छ । वैंकसम्म पुगेर भत्ता बुझ्न समस्या हुने गरेको गुनासो आएपछि गाउँपालिकाले वैंकसँगको साझेदारीमा भत्ता वितरण शिविर सञ्चालन गरी वडा वडामा भत्ता वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको भनाइ छ । हिजो वडा नं. ६ वन्सेमा कार्यक्रम सम्पन्न भएको थियो । शिविर भाद्र २३ गते वडा नं. ४ खिजीकातिकाति स्वास्थ्य चौकी, २४ गते वडा नं. ३ चण्डश्ेवरीको वडा कार्यालय, २६ गते वडा नं. ७ रावादोलु वडा कार्यालय, र २८ गते वडा नं. ८ भूसिंगा वडा कार्यालयमा भत्ता वितरण गर्ने कार्यक्रम छ । त्यस्तै, २९ गते वडा नं. २ को वडा कार्यालय नयाँवस्ती र ३० गते वडा नं. १ को वडा कार्यालय रगनीमा स्थलगत रुपमा भत्ता वितरण गर्ने तालिका छ । भत्ता बुझ्न लाभग्राहीले नागरिकता वा परिचय खुल्ने कागजात, फोटो र भत्ता बुझ्ने कार्ड लिएर आउनुपर्ने प्रवधान रहेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho