एमाले सोलुले ३ जना शेर्पालाई उम्मेदवार सिफारिस

लाक्पा जी शेर्पा

२०७९ भाद्र २१, मंगलबार


सोलुखुम्बु (शेर्पाखबर) । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्वार सिफारिस गरेको छ । सिफारिस भएको मध्ये ३ जना शेर्पा समुदायका छन् । 
सबै शेर्पाहरुलाई समानुपातिकमा सिफारिस गरेको जिल्ला अध्यक्ष डुफकुमार वास्तोलाले जानकारी दिए । सिफारिस हुनेहरुमा तत्कालिन जिल्ला समन्वय सदस्य दाडोमा शेर्पा, सोलुदुधकुण्ड १० का निवर्तमान वडा अध्यक्ष मिङमार छिरी शेर्पा र लोकतान्त्रिक शेर्पा संघका बरिष्ठ उपाध्यक्ष आङ काजी शेर्पा रहेका छन् । दाडोमा संघको समानुपातिकतर्फ छन् । त्यस्तै, प्रदेश क्षेत्र ‘ख’मा मिङमार छिरी शेर्पा प्रत्यक्षतर्फको उम्मेदवार र समानुपातिकमा आङकाजी शेर्पाको नाम पठाइएको एमाले स्रोतले जनाएको छ । 
सोमबार सल्लेरीमा बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको नाम सिफारिस गर्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मानविर राईको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho