गुम्बा पुनःनिर्माण अभियान- दुई जना शेर्पाको ६ लाख बढी सहयोग

लाक्पा जी शेर्पा

२०७९ भाद्र २०, सोमबार


ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा गाउँपालिका वडा नंः–५ चुप्लुभञ्ज्याङ ओखलढुंगाका एक गुम्बा पुनः निर्माण अभियानमा दुई जनाले ६  लाख बढी नगद सहयोग गरेको छ । देगेलिङ गुम्बा पुनः निर्माणका लागि २ जना सहयोगीले ६ लाख बढी नगद सहयोग गरेका हुन् । 
खिजिदेम्बा–५ चुप्लुभन्ज्याङका सोनाम टासी शेर्पा, श्रीमति पासाङ पुटि शेर्पा ३ लाख ३ हजार ३३ नगद सहयोग गरेको अभियान्त रिन्जी शेर्पाले जानकारी दिए । सहयोगी शेर्पा दम्पती काठमाडौं नयाँवस्तीमा वस्दै आएका छन् । शेर्पा पर्यटन व्यवसायी हुन् । 
त्यस्तै, सोही ठाउँका पसी शेर्पालेपनि गुम्बा पुनः निर्माणका लागि ३ लाख ३ हजार ३५ रुपैयाँ सहयोग गरेका छन् । बौद्धमा वस्दै आएका शेर्पाले गुम्बा पुनः निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।

गुम्बा पुनः निर्माण समितिले ३ लाख रुपैयाँ भन्दा माथि सहयोग गर्नेलाई संरक्षक सदस्यको प्रमाण–पत्र सहित नाम, ठेगाना सहित गुम्बाभित्र तस्वीर सजाइने योजना छ । त्यस्तै, एक लाख भन्दा माथिको सहयोग गर्ने आजिबन सदस्य दिई नाम, ठेगाना सहितको तस्वीर गुम्बामा राखिने गुम्बा निर्माण समितिका गुरुनिमा शेर्पाले जानकारी दिए । त्यसैगरी, पचास हजार भन्दा माथिको सहयोग गर्नेहरुको नाम ताम्रापत्रमा लेखिनेछ । र, दश हजार भन्दा माथि सहयोग गर्नेहरुको नाम शिलालेखमा लेखिने जनाइएको छ ।
हालसम्म गुम्बा पुनः निर्माणका लागि विभिन्न व्यक्तिबाट चालीस लाख बढी सहयोग संकलन भइसकेको छ । २०७२ सालको भूकम्पबाट ध्वस्त भएको गुम्बाको भित्रको सामाग्रीको संरक्षण र पुनः निर्माण, पुनः स्थापनाका लागि कुनैपनि निकायले चासो नदेखाएपछि स्थानीयले आर्थिक सहयोग अभियान सञ्चालन गरेका हुन् । तत्कालै गुम्बा पुनः निर्माण कार्य अघि बढाउने जनाइएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho