पिके सोलुखुम्बु टाप्टिङ्ग समाजको अध्यक्षमा शेर्पा चयन

शेर्पाखबर

२०७९ भाद्र १५, बुधबार


काठमाडौं (शेर्पाखबर) । पिके सोलुखुम्बु टाप्टिङ्ग समाज सेवा काठमाडौंको अध्यक्षमा ङावाङ फुरी शेर्पाको १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । १६ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा चयन भएको हो । 
शेर्पा पार्टि प्यालेसमा भएको अधिवेशनबाट उपाध्यक्षहरुमा सेर शेर्पा, गोम्बु शेर्पा र महासचिवमा अम्बर बहादुर तामाङ्ग चयन भएको छ । त्यस्तै, सचिव आङ फुरी लामा शेर्पा, कोषाध्यक्ष पासाङ शेर्पा चयन भएको जनाइएको छ । समितिमा ङिम्टि शेर्पा, छोटी शेर्पा, मिङ्मार शेर्पा, निमा गेल्जेन शेर्पा, कामे शेर्पा लगायत छन् । त्यस्तै, फुरी शेर्पा, गम्बु शेर्पा र गेल्जे शेर्पा लगायत रहेका छन् ।
निवर्तमान अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा भएको अधिवेशन सोलुदुधकुण्ड मयेर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा संस्थाको प्रगती प्रतिवदेन, बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेका थिए । 
संस्थाले सोलखुम्बुको टाप्टिग क्षेत्रमा सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएका छन् । विरामीको उपचार, उद्धार, राहत वितरण, शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । त्यसभेगका समुदायलाई काठमाडौंमा सामाजिक, धार्मिक संस्कार, विवाह, जन्म, मृत्यु कार्य लगायतमा सहयोग गर्दै आएका छन् ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho