छिरिङ शेर्पाले स्नुकर खेलको उपाधी

शेर्पाखबर

२०७९ भाद्र १५, बुधबार


सोलुखुम्बु (शेर्पाखबर) । सोलुखुम्बुमा पहिलो पटक आयोजित स्नुकर प्रतियोगिताको उपाधी सोलुदुधकुण्ड नगरपालिकाका छिरिङ शेर्पाले जितेका छन् । स्टार युथ क्लबले आयोजना गरेको प्रतियोगितामा शेर्पाले उपाधि जितेका हुन् । 
प्रथम स्थान हासिल गरेका शेर्पाले नगद ५५ हजार ५ सय ५५ रुपैंयाको साथमा ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको जनाइएको छ । जिल्लाभरका २९ खेलाडी सहभागि प्रतियोगिताको उपविजेता पासाङ शेर्पाले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, प्रतियोगितामा पेम्वा शेर्पा र जमिन राईले तेश्रो स्थान हासिल गरेका छन् ।
उनीहरुलाई नगद २२ हजार २ सय २२ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । विजेताहरुलाई सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ र क्लबका अध्यक्ष नाम्गेल शेर्पाले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।
जिल्लाका ८ वटै स्थानीय तहबाट खेलाडी छनौट गरि जिल्ला सदरमुकाममा फाईन खेल सञ्चालन गरिएको आयोजक संस्थाका महासचिव सुन्दर तामाङले जानकारी दिए ।

तस्वीरः हिमालखबरबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho