ओखलढुंगाबाट आलु निर्यात बढ्यो

शेर्पाखबर

२०७९ भाद्र ८, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । कृषिजन्य उत्पादनमा ओखलढुंगाबाट सबैभन्दा बढी आलु निर्यात भएको छ । आर्थिक बर्ष २०७८÷७९ मा १ करोड ५० लाखको बुङको आलु निर्यात भएको हो ।
यसैगरी बर्षे आलु १ करोड २० लाखको निर्यात भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्यांकमा उल्लेख छ । त्यस्तै,  अलैची ६० लाख, राज्मा २२ लाख, सीमी १८ लाख, अकबरे खुर्सानी १५ लाख, कालो मास ६ लाखको निर्यात भएको  कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ गणेश अधिकारी खत्रीले जानकारी दिए । 
विगतमा भन्दा कृषि जन्य उत्पादन अहिले सामान्य रुपमा वृद्धि भएको उनको भनाइ छ । फलफूल, तरकारी बाली तथा मसलाबाली गरी ३ करोड ९८ लाख बराबरको उत्पादन बाहिरी जिल्ला निर्यात भएको कार्यालयले जनाइएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho