लैंगिक हिंसा सम्वन्धि ५ दिने अनुशिक्षण उद्घाटन

लाक्पा जी शेर्पा

२०७९ भाद्र ५, आईतबार


ओखलढुंगा (शेर्पाखबर) । “पीडित केन्द्रीत दृष्टिकोणबाट लैङ्गिक हिंसाको सम्बोधनमा बहुपक्षीय सेवा प्रदायकहरुसँग अन्तरक्रियात्मक अनुशिक्षण“ कार्यक्रम शुरु भएको छ । महिला, कानून र विकास मञ्चको आयोजनामा ओखलढुंगा सदरमुकाम रमाइलोडाँडामा तालिम शुरु भएको हो । 
उच्च अदालत विराटनगर, अस्थायी ईजलास ओखलढुङ्गाका न्यायधीश रमेश थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उदघाटन सत्रमा नेपाल वार एशोसियन, ओखलढुङ्गाका अध्यक्ष टुकराज निरौलाको अध्यक्षतामा भएको थियो । कार्यक्रम भदौ ९ सम्म सञ्चालन हुने अधिवक्ता मेघहरि आचार्यले जानकारी दिए ।
लैंगिक हिंसाको क्षेत्रमा काम गर्ने सबै पक्षले पीडितको दृष्टिकोणबाट काम गर्दा मात्रै पीडितले न्याय पाउने भएकाले सबै पक्षको दृष्टिकोणमा एकरुपता ल्याउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष मिरा ढुंगानाले जानकारी दिइन् । कार्यक्रममा लैंगिक कानून, यौनिकता र यसले लैंगिक हिंसा बढ्नमा खेल्ने भूमिका लगायतका विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै, लैंगिक हिसाको सन्दर्भमा सर्बोच्च अदालतले गर्ने फैसला र नजिरमाथि पनि विषयगत रुपमा छलफल केन्द्रीय भएको बाल अधिकारकर्मी धीरेन्द्र रुम्दालीले जानकारी दिए ।  
सिद्धिचरण नगरपालिका ओखलढुंगाका उपमेयर केदारबाबु बस्नेत, प्रहरी नायब उपरीक्षक सुकदेव खनाल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लास्थित स्थानीय तह न्यायिक समिति संयोजक, कानून व्यवसायी, लैङ्गिक हिंसाका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि, पत्रकारहरु सहभागी थिए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho