अधिवक्ता दोर्जी सुशिल शेर्पा सम्मानित

लाक्पा जी शेर्पा

२०७९ श्रावण २३, सोमबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
अधिवक्ता दोर्जी सुशिल शेर्पा सम्मानित भएका छन् । आदिवासी जनजाति आयोगले एक समरोहकावीच शेर्पालाई सम्मान गरेको हो । 
नेपाल आदिबासी जनजाती महासंघको स्थापना गर्न योगदान पुर्याएको भन्दै २८ औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी दिवस–२०७९ को अवसरमा शेर्पालाई सम्मान गरिएको जनाइएको छ । राजधानीमा आयोजित एक समरोहकावीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ र आयोगका अध्यक्ष रामबहादुर मगरले शेर्पालाई सम्मान गरेको हो । 

आदिवासी जनजातिहरुको ज्ञान, सीपको संरक्षण, पहिचान, अधिकार र भाषा संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा उल्लेख्य योगदान पुर्याएको सम्मान पत्रमा उल्लेख छ । 
आदिबासी जनजातीहरुको संरक्षण, बिकास, हकहित, पहिचानका खातिर एक संस्थागत संरचनाको आबस्यकता महसूस गरि आज भन्दा तीन दशक अगाडी तत्कालिन सगरमाथा सेवा केन्द्रको प्रतिनिधी भई शेर्पाले योगदान गरेका थिए । सम्मानित शेर्पा नेपाल शेर्पा संघको केन्द्रीय सल्लाहकार र विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho