ठगी आरोपमा शेर्पा पक्राउ

शेर्पाखबर

२०७९ श्रावण २३, सोमबार


काठमाडौं । क्यानडा पठाइदिन्छु भनी मोटो रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६, बौद्ध बस्‍ने ४७ वर्षीया छरिङ डोमा शेर्पा रहेकी छिन् ।

शेर्पाले रत्नबहादुर तामाङलाई कामदार भिसामा क्‍यानडा पठाइदिने भन्‍दे ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजूरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान वृत्तको टोलीले काठमाडौंको अत्तरखेलबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका शेर्पामाथि अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho