पहिचानको आन्दोलन कालान्तरसम्म जान सक्छः अध्यक्ष शेर्पा

शेर्पाखबर

२०७९ श्रावण २३, सोमबार


नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आन्दोलन निरन्तर जारी रहने बताएका छन् । पहिचानको आधारमा संघीय राज्यहरुको नामकरण र अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । 
पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल शेर्पा संघका अध्यक्ष समेत रहेका शेर्पाले भने ‘पहिचानको आन्दोलन कालान्तरसम्म जारी रहन्छ । हाम्रो दविएका स्वरहरु, अधिकारहरु र खोसिएका भूमिहरु फिर्ता नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
पहिचानलाई जातियतासँग जोडेर आन्दोलन कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउँदै अध्यक्ष शेर्पाले कुनैपनि हालतमा पहिचान स्थापित भएरै छाड्ने दाबी गरे । ‘कुनैखाले भ्रमले पहिचानको आन्दोलन रोकिने र आदिवासीहरु भ्रमित भएर बस्ने कुरै आउँदैन ।’ अध्यक्ष शेर्पाले भने ‘भूगोलको आधारमा संघीय राज्यको नामाकरण गर्नु गलत छ, पहिचानको आधारमा गर्नुको विकल्प छैन ।’

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho