जसपामा ७ जना शेर्पा केन्द्रीय सदस्य चयन

लाक्पा जी शेर्पा

२०७९ श्रावण २०, शुक्रबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यमा ७ जना शेर्पा समुदायबाट चयन भएका छन् । पुरुष ४ जना र महिला ३ जना शेर्पाहरु केन्द्रीय सदस्यमा चयन भएका हुन् । 
यसअघि केन्द्रीय सदस्य रहेका आङ काजी शेर्पा ‘किसान’ (काठमाडौं), आङ देण्डी शेर्पा (दोलखा) र ल्हाक्पा शेर्पा (सोलुखुम्बु) लाई पार्टीको राजनैतिक समितिमा चयन गरेको जनाइएको छ । ४ सय ६६ केन्द्रीय समितिमा सिन्धुपाल्चोककी पासाङ शेर्पा ‘छेल्हमु’, ताप्लेजुङकी अन्जना शेर्पा र आङ डोमा शेर्पा रहेकी छन् । त्यस्तै, बेल्जीयम निवासी पेम्बा गेल्बु शेर्पापनि केन्द्रीय सदस्यमा छन् ।
बाबुराम भट्टराई समूह पार्टीबाट अलग भएपछि खाली रहेको पदहरु पूर्ति गर्नुपर्ने र ३३ प्रतिशत महिला अनिवार्य गर्नुपर्ने प्रवधान अनुसार महिला सदस्यहरु थप गरिएको र जसमा शेर्पाहरु समेटिएका हुन् । त्यस्तै, १ सय ५१ सदस्यीय राजनैतिक समिति गठन हुँदा तीन जना शेर्पाले प्रवेश पाएको अध्यक्ष उपेन्द्र यादवद्धारा जारी परिपत्रमा उल्लेख छ । 
यससँगै राष्ट्रिय पार्टीमा शेर्पा समुदायबाट सबै भन्दा बढी केन्द्रीय सदस्य बनाउनेमा जसपा पहिलो पार्टी बनेको छ । तराई मधेशको पार्टीको रुपमा चित्रण गर्दै आएको जसपाको पछिल्लो गतिविधि पहाडी र हिमाली क्षेत्रमा आक्रमक ढंगले अघि बढीरहेको छ । हिमाली क्षेत्रमा संगठन विस्तारले तिब्रता पाइरहेको अवस्थामा महिलालाई समावेशी रुपमा केन्द्रीय सदस्य चयन भएसँगै पार्टी निर्माणमा सहयोग पुग्ने पार्टी सम्बद्ध नेताहरुको दाबी छ । 
पहिचानसहितको संघीयता, सम्मुनत समाजवादका नारासहित जसपाले वर्तमान ७ प्रदेशको सट्टा पहिचानसहितको ११ प्रदेशका माग गरिरहेका छन् । उसले वर्तममान संविधानलाई अपूरो रहेको भन्दै पटक पटक संशोधनको माग समेत गरेका छन् । ४ जना मन्त्रीसहित पार्टी सरकारमा छ तर संविधान संशोधनको विषय बने ओझेलमै रहेको भन्दै कतिपयले पार्टीभित्रैबाट असन्तोष समेत व्यक्त गर्दै आएका छन् ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho