विश्व आदिवासी दिवसबारे शेर्पा समुदायमा छलफल

लाक्पा जी शेर्पा

२०७९ श्रावण १९, विहिबार


नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा

काठमाडौं (शेर्पाखबर) । २८ औं विश्व आदिवासी दिवसलाई भव्यताका साथ सफल पार्न शेर्पा समुदायले तयारी अघि बढाएको छ । नेपाल शेर्पा संघले समन्वय वैठक आह्वान गरेर तयारी अघि बढाएको हो । 
संघको केन्द्रीय कार्यालयमा बसेको वैठकले संघको तर्फबाट उपाध्यक्ष च्येङा शेर्पालाई समन्वय गर्ने जिम्मेवारी दिने गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । संघको सचिवालय वैठकले नेपाल आदिवासी जनजाति महासंघले आयोजना साउन २४ गते अर्थार्त अगस्त ९ मा प्रज्ञा भवनमा गर्ने कार्यक्रममा शेर्पा समुदायको वाक्लो उपस्थिती रहने गरी तयारी अघि बढाउने निर्णय  गरेको शेर्पाको भनाइ छ । 
शेर्पा समुदायको सांस्कृतिक झाँकी, भेषभूषा, नाचगानसहित सहभागि हुने गरी तयारी अघि बढाउन संघ अन्तर्गत विभिन्न भातृ तथा शुभेच्छुक संगठनसँग समेत छलफल भएको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । शेर्पा महिला संघ, कलाकार संघ, युवा संघ, किदुग, हिमालायन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा विद्यार्थी संघसँग दिवसलाई भव्य बनाउने र शेर्पा समुदायको अर्थपूर्ण सहभागिता सम्वन्धमा वैठक केन्द्रीत भएको जनाइएको छ । 
विश्व आदिवासी दिवसलाई पहिचान, अधिकार स्थापित गर्ने र आदिवासी आन्दोलनको निरन्तरताको रुपमा मनाउन शेर्पाहरु केन्द्रीत भएको जनाइएको छ । कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने र विभागीय मन्त्री, आयोगका अध्यक्ष, जातीय संगठनका प्रतिनिधीहरुको उपस्थिती रहने जनाइएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho