शेर्पा संस्कृतिको संरक्षणमा दरिन नेतृत्वमा आएँः आङ डोमा शेर्पा

शेर्पाखबर

२०७९ श्रावण १२, विहिबार


काठमाडौँ (शेर्पाखबर) । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको सातौं महाधिवेशनबाट अध्यक्षमा आङ डोमा शेर्पाले शेर्पा जातीको संस्कृतीको संरक्षण र सम्बद्र्धनमा विशेष कार्यक्रम सञ्चालन गर्ने बताएकी छन् ।  केन्द्रको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि उनले यस्तो बताएकी हुन् । केन्द्र स्थापनाको ३० बर्षको दौरानमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित भएको हो । त्यस्तै, महासचिवपनि महिला नै चयन भएको छ । महासचिवमा निवर्तमान सचिव छोटी शेर्पा चयन भएको निर्वाचन मण्डलले जनाएको छ । 
बिहीबार प्रतिनिधी सभा सदस्य जिपछिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सातौं महाधिवेशनबाट शेर्पाको अध्यक्षमा ३३ सदस्यीय नयाँ कार्यसमित चयन गरेको निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए । बरिष्ठ उपाध्यक्षमा दावा छिरी शेर्पा, प्रथम उपाध्यक्षमा पासाङ छिरी शेर्पा, द्धितीय उपाध्यक्षमा मिङमा शेर्पा र तृतीय ङिमा शेर्पा चयन भएका छन् । त्यस्तै, महासचिवमा छोटी शेर्पा, सचिवाद्धयमा राजेश र पुटि शेर्पा, कोषाध्यक्षमा बहादुर शेर्पा, सह–कोषाध्यक्षमा ङिमा शेर्पा छन् । 

संस्कृति र भाषाको संरक्षण गर्ने हेतुले २०४९ सालमा स्थापना भएको संस्थाले भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म परिचित गराउने भूमिका खेल्दै आएका छन् । 
भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू रक्षाको सवालमा कार्य गर्दै आइरहेको र बिशेषत शेर्पा युवापुस्ताबाट टाढिन नदिन भूमिका खेल्दै आएको निवर्तमान अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । नेपाल आदिवासी जनजाति महासंघ गेल्जे लामा शेर्पाले विश्वका जुनसुकै देशमा रहेता पनि एकताको प्रतिविम्ब भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्ने बताए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho