शेर्पासँग पराजित भएपछि एमालेमै प्रवेश

शेर्पाखबर

२०७९ श्रावण १२, विहिबार


काठमाडौं (शेर्पाखबर) ।  राष्ट्रिय सभा निर्वाचनमा पराजित जसपा नेता हेमराज राई एमाले फर्किने भएका छन् । जसपाबाट एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पासँग पराजित भएपछि एमालेमै फर्किने तयारी गरेका हुन् । 
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य राईले पदबाट राजीनामा दिएका छन् । राईले साउन ९ गते राजीनामा दिएको जानकारी दिए ।

उनले एक पत्रकारसँग कुरा गर्दै भने, ‘धेरै लामो समय एमालेमा बिताएँ, एमालेबाटै जसपामा आएँ, एमालेका धेरै साथीहरुको यतै फर्किनुपर्यो भन्ने आग्रह छ ।’ साउन ९ गते जसपाबाट राजीनामा दिएर एमालेका नेताहरुसँग छलफलमा रहेको उनले बताए ।

आफूले जसपा छाडिसकेको र अन्य पार्टीका नेताहरुले पनि पार्टी छाड्ने तयारीमा रहेको उनले बताए ।

राईले एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै एमाले परित्याग गरेका थिए । उनी गत माघमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पराजित भए । गठबन्धनबाटै अन्तर्घात भएको, पार्टीका स्वास्थ्य मन्त्री जयराम यादवले नै आफूलाई भोट नहालेको भन्दै राई असन्तुष्टि बनेका थिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho