साउन अन्तिममा एमाले निकट शेर्पाहरु भेला हुने

ल्हाक्पा शेर्पा

२०७९ श्रावण ८, आईतबार


काठमाडौं (शेर्पाखबर) । एमाले निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशन तथा शेर्पा भेला हुने साउन अन्तिम साता हुने भएको छ । साउन २८ गते स्मार्ट पार्टी भेन्यू चावहिल काठमाडौँमा भेला हुने भएको हो । 
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भेला आयोजना गर्न आङ दामी शेर्पाको नेतृत्वमा ५ सय १ सदस्यीय आयोजक समिति गठन गरिएको जनाइएको छ । आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरू समेत गठन गरिएको इन्चार्ज फूर्वा तेन्जीङ शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार नाम्गेल शेर्पाको नेतृत्वमा सचिवालय समिति, आङ काजी शेर्पाको नेतृत्वमा आर्थिक समिति, आङ पेम्बा शेर्पाको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन समिति, लामाबाउ शेर्पाको नेतृत्वमा प्रचार प्रसार समिति बनाइएको छ । त्यस्तै, पेम्बा शेर्पाको नेतृत्वमा स्वयंसेवक तथा मञ्च व्यवस्थापन समिति, आङ देण्डी शेर्पाको नेतृत्वमा स्वास्थ्य, ल्हाक्पा तेन्जी शेर्पाको नेतृत्वमा सांस्कृतिक, नाम्गेल शेर्पाको नेतृत्वमा प्रतिवेदन, आङ पेम्बा शेर्पाको नेतृत्वमाा विधान मस्यौदा उपसमित गठन गरिएको छ ।

महाधिवेशन सम्पन्न गर्न एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा, पूर्वमन्त्री कृपासुर शेर्पाले अनुगमन गर्ने तालिका सार्वजनिक गरिएको छ । शेर्पा जातीको धर्म, भाषा, कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको काम पनि संघले गर्दै आएको जनाइएको छ । संघले शेर्पा समुदायको हकहित र अधिकारको मुद्धा उठाउँदै आएका छन् । महाधिवेशनमा देशभरको करिब दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho