शेर्पा कलाकारको नेतृत्वमा ‘कुङ्गा शेर्पा’
शेर्पाखबर
२०७९ श्रावण ७, शनिबार

काठमाडौं (शेर्पाखबर) । शेर्पा कलाकार संघ नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुंगा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
नेपाल शेर्पा संघको संघीय कार्यालय नारायणटारमा भएको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा दावा के शेर्पा र केसाङ शेर्पा, उपाध्यक्षमा साङ्गे शेर्पा, महासचिवमा ल्हमु शेर्पा, सचिवमा सोनाम शेर्पा, कोषाध्यक्षमा पाल्मो शेर्पा, सहकोषाध्यक्षमा आङतेन्जी शेर्पा लगायत चयन गरेको हो ।
त्यस्तै, सोनाम याङजी शेर्पालाई प्रवक्ता र जाङमु इन शेर्पालाई सद्भावनादूतमा चयन गर्ने निर्णय भएको निर्वतमान अध्यक्ष डिजे ङावाङ शेर्पाले जानकारी दिए ।

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउनु हुनेहरुलाई सम्मान गरेको जनाइएको छ । संविधान सभाका सदस्य आङ दावा शेर्पाको संयोजकत्वमा गठीत निर्वाचन समितिले कुंगा शेर्पालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
