एमाले नेता शेर्पासहित टोली सवारी दुर्घटनामा घाइते

शेर्पाखबर

२०७९ असार २४, शुक्रबार


सिन्धुली, असार २४ । नेकपा एमालेका नेता कृपाशुर शेर्पासहितका नेताहरु दुर्घटनामा परेका छन् । धनकुटा जाने क्रममा सिन्धुलीमा सवारी दुर्घटनामा नेताहरु घाइते भएका हुन् । 
 एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा भाग लिन जाने क्रममा सिन्धुलीको भिमानमा एमाले नेताहरु दुर्घटनामा परेका हुन् ।


नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते हुनुभएको छ ।

घाइते नेताहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरमा काठमाडौं पठाउने तयारी भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho