छिरिङ्गलाई जिताउन शेर्पा संघको आह्वान
लाक्पा जी शेर्पा
२०७९ असार ६, सोमबार

लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । हिमालय टेलिभिजनबाट प्रस्तुत भइरहेको ‘रियालिटी शो’ डान्सिङ्ग स्टारमा सोलुखुम्बुकी छिरिङ्ग शेर्पालाई जिताउन नेपाल शेर्पा संघले आह्वान गरेको छ । फिनालीमा प्रवेश गरेका शेर्पाको टिमलाई जिताउन संघले एक अपिल जारी गर्दै आह्वान गरेको हो ।
संघले भनेको छ ‘आफूसँग भएको कला, क्षमता र प्रतिभालाई प्रस्फुटन गर्दै कडा प्रतिस्पर्धावीच यस स्थानसम्म आइपुग्नु आफैमा गौरवको विषय हो । ‘टिम रोजरिङ्ग’बाट आफ्नो अद्भूत प्रस्तुतीहरु दिई आम दर्शकको मन जित्न सफल यस टिमलाई हामी सबैको सहयोग, सद्भावबाट डान्सिङ्ग स्टारको ताज दिलाउन जरुरी छ ।’
छिरिङ्ग बाल्यकालदेखि नै नृत्य, कलाकारिताको माध्यमबाट समाजमा सुपरिचित छिन् । उनलाई विभिन्न म्यूजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।
संघले छिरिङ्गलाई अमूल्य मत प्रदान गर्न शेर्पा समुदाय, शुभचिन्तक, देशविदेशमा छरिएर रहनु भएका आम नेपालीजनहरु, अभियान्त, शेर्पा समुदायका विभिन्न संघसंस्था, किदुग, भातृ संस्थाहरुमा आह्वान गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए ।
अध्यक्ष गल्जे लामा शेर्पाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘आफ्नो क्षमताले यस स्थानसम्म पुग्नुहुने रोजरिङ्ग टिमलाई हामीले अलिकतिपनि आफ्नो ठाउँबाट खुल्ला हृदयले सकारात्मक सहयोग गरेर जिताउन सक्यौं भने त्यो गर्विलो इतिहास बन्ने छ । त्यसको श्रेया विजेताको मात्रै नभएर आम समुदायको नै हुनेछ । हामी सबैले विभिन्न कोणबाट समुदायको शिर उँचो बनाउने काम गरेकै छौं । विश्वमा शेर्पा समुदायलाई चिनाउने यस अभियानमा समुदायका एक चेलीले देखाइरहेको क्षमता र आत्मविश्वासको सम्मान गर्दै पुनः सबैमा आफ्नो तर्फबाट जिताउन पहल गर्न, मत दिन, प्रचारात्मक कार्यमा सहयोग पुर्याई दिन हुन हार्दिक आह्वान गर्दछ ।’