स्मार्ट रुम्जाटारको आधार, खानेपानीः पूर्वमन्त्री गुरुङ

शेर्पाखबर

२०७९ असार ५, आईतबार


ओखलढुंगा (शेर्पाखबर) ।  रुम्जाटार सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवनिर्मित भवन उद्घाटन भएको छ । ओखलढुंगा प्रदेश (ख) का सांसद तथा पूर्वमन्त्री अम्बिर गुरुङले एक कार्यक्रमकावीच भवनको उद्घाटन गरे । 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगामार्फत निर्माणाधिन खानेपानी योजना अन्तर्गत भवन निर्माण भएको थियो । भवन निर्माण सम्पन्न भएपनि सहायक कामहरु सम्पन्न गर्न बाँकी रहेको सिद्धिचरण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रत्नबहादुर गुरुङले जानकारी दिए । आयोजना अन्तर्गत पानी शुद्धिकरण गर्ने, वर्गिकरण गरी उपभोक्तालाई वितरण गर्ने, ढालन, पाइप लाइन विस्तारका कामहरु बाँकी रहेको छिट्टै सम्पन्न हुने वडा अध्यक्ष गुरुङको भनाइ छ । 
 

उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश नम्बर १ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनुभएका सांसद गुरुङले स्वच्छ र शुद्ध खानेपानी पिउन पाउनु आम नागरिकको नैसर्गिक अधिकार भएकाले राज्यले त्यसलाई पूरा गर्नुपर्ने दायित्व अन्तर्गत खानेपानीको दिगो व्यवस्थापनका लागि प्रक्रिया अघि बढेको बताए । 
खानेपानीको राम्रो व्यवस्थापन र नियमित गतिविधिका लागि प्रशासनिक भवन निर्माण भएको र यसले रुम्जाटारमा नयाँ आयम थपिएको सांसद गुरुङको भनाइ छ । 
रुम्जाटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्न विभिन्न भौतिक पूर्वाधारहरु निर्माणका क्रममा खानेपानीको भवन एक महत्वपूर्ण संरचना भएको सांसद गुरुङको दाबी छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho