हाम्रो शिक्षा कतातिर जादैछ ?

जुद्ध ढाक्रे

२०७९ असार २, विहिबार


- जुद्ध ढाक्रे
कस्तो शिक्षा राम्रो हो, भन्ने बहस हुन थालेको छ । यो अनिवार्य बहसको बिषय बनाउनु पर्ने भएको छ किन भने बर्तमान अवस्थामा सबै राज्यका तह–तप्कामा शैक्षिक योग्यता पेश गर्दा उच्च तहका शैक्षिक योग्यता पेश गरि जागिर खाएका व्यक्तिहरु नै भेटिन्छन् । तर, नतिजा शुन्यप्रायः रहेको अवस्था छ । उसको योग्यताले घुस खान र आफ्नो सेटिङ गर्न त दक्षता हासिल गतेको देखिन्छ तर देश, जनताको सेवा र असल परिणाम निकाल्न सधै असफल (फेल) भएको भेटिन्छ । अब विश्वविद्याालयमा कस्तो प्राध्यापकहरुले पढाउँछन् ? के पढाउछन ? भन्ने प्रश्न उठ्न थालेको छ । राम्रो काम नगर्ने आफ्नो दोष राजनीतिक दलमाथि थोपर्ने चलन पुरानो नै भै सक्यो । यसमा दलको नेता असल छन्, भन्ना खोजेको कदापी होइन तर दिएको जिम्मेवारी इमानदारीका साथ निभाएको भए यस्तो दयनिय स्थिति हुदैनथ्यो । २०४६ सालको सत्ता परिवर्तन पछि नेपालमा धेरै ब्यक्तिहरु देशको उच्च ओहदामा पुगे तर आफ्नो फाइदा भन्दा अरु देखिने गरि केही गरेनन् । देश लुट्न बाहेक अरु गरेको देखिएको छैन । शिक्षा डामाडोल छ, स्वास्थ्य क्षेत्र त्यस्तै छ । उद्योग, कलकारखाना कमिसन खाएर बेचेका छन् । राष्ट्रियताको कुरामा प्रतिपक्षमा हुँदा कुर्लिन्छन्, भारत गएपछि धनुष्टंकार भएर झुक्छन । यस्ता नालायक नेताहरु जन्मिएका छन् । यो वा त्यो पार्टीका भन्नु पर्दैन सबै उस्तै छन किनभने उनीहरुले आफ्नो नाम फाल्टा–फाल्टै राखे पनि निर्माण एउटै भट्टी हिन्दुवादी, खस भाषी र बहुभाषी नस्वीर्काने केन्द्रबाट भएको हो । यो देशको एउटा घातक पक्ष हो । यसको पुस्तान्तरण पनि भएको छैन । सरकार पक्षको प्रमुखले बोलेको अरुले के बुझ्नु उनी आफै–आफुले बोलेको बुझ्दैनन् । प्रतिपक्षको नेता बोल्दा बिष बमन बाहेक केही जानेका छैनन् । अरु राज्यका नेताहरु बोल्दा विश्वसाहित्य बन्दछ । यहाँका नेताले बोल्दा गाली माहारथी बन्दछन् । यहाँनिर छ हाम्रो देश ।

गौतम बुद्धलाई पढाइदा राज्य सञ्चालन गर्दागर्दै बैराग्य लागेर देश छाडेर ध्यान तपस्य गर्न हिडेको कथ्य पाठ्यसामग्री बनाएर पढाउँदै आएको छ । तर, यो कुरा सत्य होइन । कपिलवस्तुमा दुई वटा राज्य रहेका थिए । ती मध्ये एउटा शाक्य राज्य थियो र अर्को कोलिया राज्य थियो । शाक्य राज्य बलियोे र कोलिया कमजोर थियो । ती दुई राज्यको बिचमा रोहिणी नदि बग्दथ्यो । पानी उपयोग गर्ने निहुमा दुई राज्य बिच विवाद भयो । शाक्य राज्यको सेनापतिले कोलिया राज्यलाई हडप्ने प्रस्ताव शाक्य संघमा ल्यायो । त्यस प्रस्तावलाई मतदानद्वारा अनुमोदन गर्ने निर्णयार्थ प्रस्तुत गर्दा गौतम बुद्धले त्यसको विरुद्धमा अभिमत राखे किन भने उनी पनि शाक्य संघका सदस्य थिए । उनले के तर्क गरे भने नदिको पानी भनेको प्रकृतीले दिएको सम्पदा हो । कोलिया राज्यले उपभोग गर्न पाउनु पर्छ भन्ने उनको तर्क थियो । सेनापतिले सिद्धार्थ गौतमलाइ आफ्नो अभिमत त्यागेर सेनापतिको प्रस्तावलाई स्वीकार्न धम्की दिए तर सिद्धार्थ गौतमले मानेनन् । फेरि सेनापतिले देशबाट निकाला गरि दिन्छु भनेर धम्काए अनि गौतमले केही सर्त सहित यो सेनापतिको प्रस्ताव स्वीकारे । उनको सर्त थियो ‘मेरो मातापिता, श्रीमती र छोरालाई राज्यबाट बेदखल नगर्ने र गौतम देशबाट निस्किदा परिबज्र भन्ने शब्द प्रयोग गर्ने’ सम्झौता भयो । परिबज्रको अर्थ हुन्छ; आफ्नो खुशिले धार्मिक भ्रमण गर्ने । यहि कुरा लेखेका छन; डा. बाबा साहेब भिमराव अमबेडकरले ‘बुद्ध एण्ड हिस् धम्म’ भन्ने उनको किताबमा । राज्यले किन झुटको पुलिन्द पढाउदै छ । अब पुनर्बिचार गर्ने दिन आएको छ । झुट्ठो पढाउँदा केही स्वार्थ समूहलाइ त फाइदा होला । यो युग झुटको पर्दाफास गर्ने युग हो । सत्य के हो पर्गेल्ने युग पनि हो ।

शिक्षकको भूमिका
‘दि फङसन अफ अ टिचर’ भन्ने किताबमा बट्रेन्ड रसेलले पूर्व सोभियत युनियनका शिक्षकहरुले विद्यार्थीहरुलाई गलत कुरा पढाउदै छन् । यो झुट कुरा पर्दाफास भएपछि सोभियत युनियन टुक्रिन्छ भनेका थिए नभन्दै नब्बेको दशकमा आइपुग्दा सोभियत युनियन टुक्रियो । आज आएर त्यही युनियन सपनाको देखेर पुटिनले युक्रेनमाथि हमला गरेर तहसनहस गरि राखेको छ। यो विश्वको लागि खतराको घण्टी बजिराखेको अवस्था हो। न्यूनतम शिक्षा राम्रो हुनको लागि पहिलो तत्व भनेको शिक्षक नै हो । संस्कृतमा भनाई छ; मन्त्रमुलम गुरो वाक्यम, ध्यानमुलम गुरो पदम, मोक्षमुलम गुरो कृपा । नेपालको सन्दर्भमा शिक्षा किन राम्रो भएको छैन भन्दा अभिभावक भन्छन मास्टरले राम्रो पढाएनन् । शिक्षक भन्छन राम्रो तलब छैन । सरकार भन्छः अब स्थानीय सरकारलाई जिम्मेवारी दिएको छ। तिमिहरु आफै व्यवस्थापन गर । यो जिम्मेवारी लिने भन्दा पन्छिने काम बाहेक अरु काम भएको छैन । यस्तै हुँदै आएको छ । नेपालमा गुणात्मक हिसाबले करीब पाँचस्तरको पाठशालाहरु रहेका होलान । सबै भन्दा गरिब र शिक्षाको चेतना नभएको परिवारको बच्चा सरकारी पाठशालामा पढ्छन् । त्यसपछि मौद्रिक क्षमता अनुसारको स्तरमा बच्चाबच्चीले पढ्न पाउँछन् । यो देशको दुर्भाग्य हो । यसलाई कसरी मेटाउन सकिन्छ आजसम्म राज्यले चासो देखाएको देखिदैन । विद्यालयदेखि नै असमान्ताको रेखा राज्य आफैले कोरेको छ । भाषणमा समानताको कोरा रटान लगाउँदैमा केही हुने स्थिती देखिदैन् । यो बेथितिको बिजारोपन काङ्ग्रेसले गरेको हो । यसलाई फुलाउन फलाउन एमाले र माओवादी भन्ने  पार्टीले पनि गरेका छन । जसले सर्बहाराको सेवा गर्छु भन्दै दल खोलेका छन् । आज उनीहरुको नाममा धेरै निजी विद्यालय र कलेज सञ्चालित छन् । शिक्षा ब्यापारबाट मुद्रा दनादन कमाइ रहेका छन् । यस्ता छ्न नेपालका कम्युनिस्टहरु ।

देश बिग्रीयो र सबै मान्छेहरु बेमान अनि भ्रष्ट्चारी मात्रै छन भनेर सबैतिर सुनिन्छ। त्यस्तै पनि रहेको छ देशको हालत । कसैले दलहरुलाइ यसमा जिम्मेवारी ठान्छन । कसैले सरकारमा बसेका जातिलाई त कसैले प्रशासनमा बसेकाहरुलाइ जिम्मेवारी ठान्छन। केही हदसम्म यो सहि कुरा हो। तर सबै भन्दा ठूलो जिम्मेवारी स्कुल पढाउने शिक्षकको जिम्मेवारी हो कसतो समाज बनाउने भनेर कुमालेले जसरी भाडो आकार बनाउन सक्छ, त्यसरी नै एक जना असल शिक्षकले उसको बिद्यार्थीको विचारको आकार बनाइ दिन सक्छ । त्यही असल बिचारको ब्याक्ती भोलि गएर देशको कुनै पनि क्षेत्रको जिम्मेवारी लिएर देश निर्माणमा लाग्न सक्छ। यसता विद्यार्थीहरुको समाज निर्माण गर्ने जिम्मा शिक्षकले नै पाएको छ । तर, शिक्षकहरु यो मुख्य आफ्नो जिम्मेवारी ननिभाएर सरकारले सुबिधा नै प्रशस्त दिएको छैन भन्दै जिम्मेवारीबाट पन्छिदै हिडेका छन। अर्कोतिर राजनितिक दलको सदस्य भएर पढाउनको सट्टा राजनितिक कार्यकर्ता भएर हिडेका छन। सरकारले शिक्षकहरुलाइ दलको भातृसस्थाको सद्स्य बनाएर दलको काम गर्ने जुन छुट दिएको छ तुरुन्तै बन्द गर्नु पर्दछ। शिक्षकको नियुक्ती दिदा दलको सदस्य भएर होइन उसको क्षमता र दक्षता आधरमा दिनु पर्दछ। शिक्षामा बहुभाषिक नीति लागू गर्नु पर्दछ। शिक्षकले मलाइ सुबिधा कम भयो भनेर ठग्न पाइदैन। किनभने शिक्षा भनेको देश निर्माणको मुख्य आधार हो यसमा कुनै कुतर्क गरेर पन्छिन पाइदैन। हरेक तहमा रहेका सरकारले यो वा त्यो नाममा देश र जनातालाइ ठग्न र धोका दिन पाउदैन। दिल्लीका मुख्यमन्त्री अर्बिन्द केजरिवालले गएको सात बर्षामा त्यही घिन लाग्दो सरकारी विद्यालयलाई पाँच तारे होटलको जस्तो सुबिधायुक्त बनाए। भनिन्छ हरेक बर्ष प्राइभेट स्कुल त्यागेर चार लाख विद्यार्थिहरु सरकारी स्कुल भर्ना हुन्छन र ती विद्यार्थिहरु भारतको टप विद्यार्थि साबित भएका छन। इच्छा शक्ति भयो भने, हुने रहेछ भन्ने त्यही दिल्लीको उदाहरणले प्रस्ट्याउछ।

प्राबिधिक शिक्षाको खाँचो

प्राबिधिक शिक्षा भन्नले देशमा ठुलाठुला डाक्टर उत्पादन नभएका होइनन तर जनताले सुलभमा उपचार नपाइ मरेका छन । हुनेखानेहरुले मात्रै महङ्गा असपतालमा उपचार पाएका छन। हुदाखानेहरु उपचार नपाएर अकाल मै थुप्रै मानिसहरु मरेका छन। ठुलाठुला इन्जिनियर उत्पादन नभएका होइनन तर देशका सडकहरु अन्तर्राष्ट्रिय स्तरको आजसम्म कहि बनेका छैनन। केही बनेका सडकहरु गुमाने सार्किका फाटेका भोटा टालेका जसता देखिन्छन। त्यसमा सिमित सडक माफियाहरुले सालान्य फाटेको भोटा जसतै टाल्दै पैसा कमाउदै गरेका छन। प्राबिधिकको भागमा पनि कमिसन आउँछ होला यसतैमा पास गरि दिन्छन। यसतै छ देशको हालत। त्रिभुवन बिश्वबिद्यालयको चितवनको रामपुरबाट कृषि बिज्ञको रुपमा हरेक बर्ष कृषिमा उच्च शिक्षा हासिल गरेको जनशक्ती निर्माण गरिन्छ तर त्यो नेपाल भन्ने देशलाइ काम लाग्दैन मात्रै बिदेशमा काम लाग्छ। यो मुलुकमा के भै राखेको छ भन्न गाह्रो छ। नेपाल कृषिप्रधान देश हो तर यहाँ प्याज, लसुन, दाल, चामल, फलफूल, खुर्सानी, सबै भारतबाट आयात गरिएको नेपालीले खान्छन। यी सबै चिज देश मै फलाउन सकिन्छ तर नेपाल सुहाउदो प्रबिधि कोहि निर्माण गर्न चाहदैन। बरु देश प्रबिधी निर्माण गर्नको साटो मान्छे बेच्न तयार छ। झण्डै पचासको दशकमा निर्माण भएको देश इजरायल बालुवाको देश हो जहाँ माटो छैन। त्यो देशमा अरु मुलुकबाट माटो ओसारेर आज ससारको सबै भन्दा उच्च प्रबिधी प्रयोग गरेर कृषिमा जादु देखाएको छ। नेपालमा कान्लाकान्लामा रोपेर होइन यसो फ्याकिदिदा काक्रा, फर्सी, स्कुस, करेला, सिमि जसता सयौ चिज फल्छन। यस्तो देशले सबै थोक किनेर खान परेपछी व्यापार घाटा नभए अरु थोक के हुन्छ त ! विश्वबिद्यालयका अनुसन्धान कर्ताहरु र बैज्ञानिक भनाउदाहरु राज्यकोषबाट सुबिधा खानेहरु लाज लागेर छेरौटिले मर्नु पर्ने हो। तर नेपालीहरुलाइ आजभोलि लाज, धिन र सरम लाग्न छाडेको छ। चालिसको दशकमा दक्षिण कोरियालाइ अनिकाल पर्दा नेपालले गहु पठाएर सहयोग गरेको थियो रे। यो कुरा सुनाउदा अहिले ठूलो जोकर होइन्छ। आजभोली त्यही कोरिया जहाँ हिजो नेपालले गहु दिएर त्याहाका जनताको भोग मेटाउन सहयोग गरेको थियो, त्यही देशमा कुल्ली काम गर्न तछाड र मछाड गर्दै नेपाली युबाहरु जानू परेको छ। नेपालीहरुले आफैले आफैलाइ फर्केर हेर्ने बेला भएको छ। हामिले हिजो के गर्यो र आज के गर्दैछौ अनि भोलि के गर्छौ।

दस प्लससङ्गै सैनिक तालिम अनिवार्य

अब नेपालले राष्ट्रियता बलियो बनाउनको लागि र परि आएको खण्डमा देश जोगाउनको लागि सबै युबा पुस्तालाइ सैनिक तालिम दिनु पर्छ। नत्र देशको सार्वभौमसत्ता जोगाउन गाह्रो छ। यसो गर्यो भने देशको युबा पुस्ता अनुशासित पनि हुन्छन र राष्ट्रबादी पनि हुन्छन। देशको राष्ट्रियता गीत लेख्दैमा र राजनितिक दलका नेताहरुले गरेको बेमतलबको फोस्रा भाषणले राष्ट्रियता बलियो हुदैन। कम्तिमा देशका युबाहरुलाइ दुई बर्षसम्म सैनिक तालिम गरायो भने देश जोगाउन सकिन्छ। देशमा दलका नेतादेखि उच्च ओहदका सबै ब्याक्तिहरु देश भक्त हुन भनेर कुनै एक जना पनि साबित हुन सकेको अवस्था छैन। नेपाली सेना मै पनि जर्नेल भन्दा माथिको ब्याक्तिहरुको कसैको मामाली र कसैको ससुराली भारत मै रहेको छ भन्ने कुरा सुन्नमा आउँछ। भारतले जहिले पनि नेपालको सिमा मिच्दै आएको छ। सिमा मिच्न लगाउदा उसले भारतिय सेना वा त्यहाका अर्धसैनिक बल प्रयोग गरेको छ। त्यसमा नेपाली सेना चु बोल्दैन। हुदाहुदा नेपालले चुचे नक्सा ससदबाट पास गरेको ताका नेपालको पश्चिमको दार्चुलातिरको नेपाली सैनिक ब्यारेक माथिबाट भारतिय हेलिकोप्टर उडायो भन्ने सुन्नमा आयो तर नेपाली सेनाले केही प्रतिकृयासम्म गर्न सकेन। अन्तर्राष्ट्रिय कानुन अनुसार त्यसलाइ खसलेको भए पनि केही फरक पर्दैन थियो तर नेपाली सेना हिम्मत गरेको देखिएन। यस्तो अवस्थामा नेपाली सेना कसको लागि, नेपालका नेताहरु कसका लागि र नेपाली प्रशासन कसका लागि हो भन्ने प्रश्न उठेको छ । सबै भन्दा ठूलो कुरा नेपाली सेना समानुपातिक र समाबेशी छैन। कर्णेलदेखी माथी त एकै जाती, एकै धर्म र एकै खस भाषीको मात्रै बाहुल्य रहेको छ। यो देश बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक रहेको छ तर नेपाली सेना एक नश्लिय खस र हिन्दुबादी सेना छ। यो सेना कसरी राष्ट्रिय सेना हुन सक्छ? हिन्दु धर्मको चाड पर्बमा एकाइस तोप पड्काएर हर्क बढाइ गर्छ तर उधौली – उभौली, ल्होसार, माघी र कृसमस थाह नपाएको स्वाङ पार्छ। सबै जाती, भाषी, सस्कृती, धर्म र भावना नसमेट्ने सेनाले राष्ट्रको लागि कसरी लड्न सक्छ? देश बलियो बनाउनको लागि सेनाको स्ट्रक्चरमा पनि पुनरसरचना गर्नु अपरिहार्य भएको छ।
नेपाली नागरिकता भएर बिदेशी भाडाका सिपाही बनाउने परम्परा पनि अब नेपाल सरकारले बन्द गर्नु पर्दछ। सुगौली सन्धिलाइ आधार बनाएर सन १८१६ देखि लाखौ नेपाली युबाहरु भारतमा र बेलायतमा नेपालबाट भाडाका सिपाही भएर काम गरि राखेका छन। आफ्नो देशको सिमान दक्षिण र उत्तरबाट मिचिदै आएर देश सागुरिदै गएको छ तर ससार मै वीर मानिने युवाहरु आर्काको देशको लागि लडि राखेका छन। यो २१ औ सताब्दिमा सार्बभौमसत्ता मुलुकको खिल्ली उडाउने काम भएको छ र आफ्नो मुलुकको लाज लाग्दो परिस्थिती निर्माण भएको छ। बेलायतले पहिलो विश्वयुद्धमा लाखौ संख्यामा नेपाली–गोर्खाली सेना प्रयोग गर्यो भन्ने बिस्वास गरिएको छ त्यसतै दोश्रो बिश्वयुद्धमा पनि त्यही सङ्ख्यामा प्रयोग भएका थिए। नेपालबाट बेलायतका लागि प्रयोग गरिएका भाडाका सिपाहीबाट राणाहरुले रोयल्टी लिएर मोजमोजी गर्थे तर देशले के पायो त भन्ने कुरा लेखाजोखा गर्नुछ। लड्ने भए अब आफ्नो देशको लागि लडौ तर भाडाको सिपाही भएर नलडौ।

राज्यकोषबाट सुबिधा लिनेले सरकारी स्कुलमै पढाउने
शिक्षालाई स्तरोन्नत गर्ने हो भने पहिलो कुरा राज्यकोषबाट तलब खाने ब्यक्तिहरु कार्यालय सहयोगीदेखि मन्त्रालयको सचिवसम्मले अनिबार्य रुपमा आफ्नो बच्चाबच्चिहरुलाई सरकारी बिद्यालयमा पढाउनु पर्दछ । त्यसपछि गुणस्तरको सम्भावना बढेर आउँछ । नेपालका सरकारी शिक्षकहरुलाइ त सरकारी बिद्यालयमा आफ्नो बच्चालाइ पढाएनन भने कानुनी कार्यबाही गर्ने एन मै ब्याबस्था गर्नु पर्छ किनभने उनिहरुले नेपाल सरकारकले तोकेको मापदण्ड अनुसार न्युनतम शैक्षिक योग्यता हासिल गरेका छन। शिक्षा आयोगले लिएको आयोग पास गरेर शिक्षक भएका छन । सरकारले दिएको शिक्षा सम्बन्धी सयौ तालिम लिएका छन तर आफू भन्दा कम योग्यता भएको मान्छेले लठ्ठिको भरमा पढाउने प्राइभेट स्कुलमा आफ्नो बच्चा डोर्याउदै लगेर, त्यही स्कुलमा बच्चा छाडेर आफू सरकारी स्कुलमा पढाउन जान्छन। यो भन्दा अर्को शैक्षिक अपराध के हुन्छ । कि त यिनिहरुले दिने शिक्षा आफैलाइ बिस्वास लागेको छैन कि यिनिहरुलाइ सरकारको शिक्षानीति माथी खिल्ली उडाएका हुन जो आफै सबै भन्दा जिम्मेवारी व्यक्ति पनि हुन । अर्को निजामती कर्मचारीहरु जो नेपालमा काम गर्छन, भन्न त सेवा गर्ने भनेर सेवामा प्रबेश गर्छन तर सेवा भन्दा जीवन सजिलोसङ्ग बिताउन सकिन्छ र घुस खान पाइन्छ भन्ने दाउमै धेरै जसो  निजामती सेवामा प्रबेश गरेका हुन्छन। केही अपबाद बाहेक धेरैले देश ठगेका छन र जनतालाइ दुख दिएका छन । आजसम्मको अनुभव नेपालको सरकारी कर्मचारीले जनताको काम कसरी गर्न सकिन्छ ? भन्ने चिन्तन भन्दा कसरी जनताको काम बिगार्न सकिन्छ ? भनेर नै दिन बिताएको देखिन्छ। यी यसता महान कर्मचारीका सन्तानहरुलाइ पनि सरकारी बिद्यालयमा अनिबार्य रुपमा पढाउन लगाउनु पर्छ। यसो गर्दा बर्तमान शिक्षाको महङ्गो शुल्क आधा घट्छ र गुणात्मक शिक्षा सबैलाइ बरबर मिल्दछ। प्रतिस्पर्धा पनि पियनको छोराको, सिडियोको छोराको र मन्त्रालयको सचिबको छोराको सङ्गसङ्गै हुन्छ । अनि मात्रै संविधानमा लेखिएको समाजवाद उन्मुख भन्ने धेय चाडै प्राप्त गर्न सकिन्छ । अन्यथा ‘लासा जाने कुतिको बाटो’ भने जस्तै हो ।

बिदेशमा पढ्न निरुत्साहित गर्ने

भन्न त बर्तमान चीन विदेशमा गएर पढेपछि फर्केका युवाहरुले बनाएको हो भन्छन । माओत्सेतुङ पछि चीनमा देङ्सावपिङ राष्ट्रपति भए । उनले १० लाख जना बिद्यार्थिहरुलाइ छात्रवृत्ति दिएर युरोप र अमेरिका प्रबिधी, साहित्य र सङ्गीत सबै पढ्न पठाए। शिक्षा हासिल गरेर आएपछी गरेको बिकास ससारले पनि आज हेर्न लायकको बनाएका छन। त्यत्रो ठूलो भूगोल, त्यत्रो ठूलो जनसंख्या तिनिहरुले चमत्कार गरेका छन। अरु मुलुक भएको भए त्यो जनसंख्या भोकै मर्थ्यो होला तर कोभिड समयमा पनि उनिहरुको जिडिपी बढेर गएको छ। नेपालमा यस्तो नेता जन्मिन्छन होला त ? यस्तो नेता जन्मिए बिदेश पढेको मान्छेले फर्केर आएपछी तिनिहरु जसतै राष्ट्रभक्ति देखाएर नेपालीहरुले काम गर्लान त ? मुलुकको ऋण र आमाको ऋण अलिकती भएपनि तिर्न पर्छ भन्छन् । नयाँ पुस्ता यो काम गर्न तयार हुन्छन त ? आज खरिदारदेखि माथिल्लो ओहदाको मानिसको छोराछोरीहरु प्रायः सबैको विदेशमा छन । यहाँ उनीहरुका बाउआमाहरु कहिले छोराछोरीले ग्रीनकार्ड मिलाउँछन् भनेर बहुत राष्ट्रियता कुरा गर्दै ग्रीनकार्ड पर्खेर बसेका हुन्छन । ती नानीबाबुहरु यहि जन्मे र यहि पढे अनि हुर्के उता बसेर छिःछीः नेपाल जानू हुदैन । धुलो र हिलो छ भनेर बसि राखेका हुन्छन । यसताहरुले जति पढे पनि र जाने पनि यो देशको लागि कहिल्यै काम आउँछ। त्यसैले आउने पुस्तालाइ यो देश मै पढ्ने र बढ्ने अब सिकाएन भने देश बिकास गर्न पनि सकिँदैन। देश बचाउन पनि सकिँदैन। एमसिसिको बिरोध जुलुस केही नानिबाबुहरुको सडकमा पास हुन अगाढी देखिएको थियो। उनिहरुले बुझेर जुलुस गरे कि नबुझी गरे। अमेरिकाले त्यसै गर्नलाइ डिभी चिठ्ठा बाडेको हो। हुनेखाने सबै दलका नेताहरुको छोराछोरी उतै अमेरिका मै छन् । एमसिसी सबै नेताहरु मिलेर पास गरि हाले । उनीहरुलाई छिटै अमेरिकाले ग्रीन कार्ड दिई हाल्छ। त्यही कुरा मिलाउनलाइ होला बर्तमान प्रधानमन्त्री र प्रधान सेनापती अमेरिकाको निम्तो मान्न जाँदै छन रे तर सार्बभौम नेपाली जनतालाई भने थाहा छैन उनीहरु किन अमेरिका जानू परेको हो । आफुलाई नेपालीहरुले गरीब सम्झेका छन तर ससारका धनी देशहरुलाइ नेपालका धनीहरुले पालेका छन।ठूलो पदका जागिरे, उद्योगपतिहरु र हुँदाहुँदा समान्य किसानहरु जसले कुखुरा, बाख्रा र कोदोमकै बेचेको पैसाले आफ्ना छोराछोरिहरुलाइ पढाउने नाममा अमेरिका, क्यानेडा, बेलायत, जापान र अस्ट्रेलिया जस्तो देशलाइ नेपालीहरुले पाली राखेका छन। किन नहोस मुद्रास्फृती अनि किन नहोस व्यापार घाटा, किन नहोस देशको अधोगती। नेपाल देशलाइ भने ४० डिग्री सेन्टिग्रेट तापक्रम भएको खाडी र मलेसिया गएको युबाहरुले बचाइ राखेका छन । यस्तो अवस्थामा बिदेशम जाउ उतै पढ उतै बस र ग्रीन कार्ड लिएर मलाइ बोलाउ भन्ने मान्छे साचो नेपाली हुन सक्छ? एकबार तपाइले आफैले आफैलाइ इमान्दार भएर प्रश्न सोध्नु है।

बौद्धिक बनाउँदाहरुको बक्वास नसुनौ

नेपालमा बौद्धिक भन्ने मान्छेहरु बक्वास मात्रै गरेको सुनिन्छ । उनीहरुले आफू निर्णयक ठाउँमा हँुदा देश र जनतालाई फाइदा हुने कममा सिन्को भाँचेको देखिदैन । जब उनीहरु रिटायर भएर बेरोजगारी हुन्छ्न त्यस बिश्लेशकको रुपमा चारैतिर बक्वास गरेको सुनिन्छ र उनिहरुको विश्लेशनमा केहि पनि समताभाव झल्किन्दैन वा सन्तुलन देखिदैन । झन–झन समाजमा बीष घोलन गरि राखेका हुन्छन । त्यसकारण समाज झन नकारात्मक हुँदै जान्छ । त्यसले समाजलाइ सृजनात्मक बनाउँदैन । यिनिहरुले राष्ट्रियता बारेमा चर्को कुरा बोलेको र लेखेको सुन्न र पढ्न पाइन्छ तर यिनिहरुका छोराछोरी सबैको विदेशी ग्रीनकार्ड वा नागरिकता लिइ सकेका हुन्छन । उनीहरु पनि नेपालीहरुले बक्वास सुनुन्जेल्सम्म बौद्धिक बिलास गर्ने सुन्न छोडे पछि उहीँ छोराछोरीसँग गएर विदेश बस्ने हुन । साँचो अर्थमा यो देशलाइ माया गर्ने मान्छेहरु छन जस्तो लाग्दैन किनभने आफू सक्षम नहुन्जेलसम्म यो मुलुकलाइ दोहन मात्रै गरेको देखिन्छ। यदि यसो होइन भने यो देशले जन्मायो । यहि देशले उब्जाएको ढिडो र रोटो खाएर हुर्किएको मान्छेले यहि नै केही गरेर देखाउनको साटो किन बेदेशको राम्रो र आफ्नो देशको सबै कुरा नराम्रो मात्रै देख्छ। स्वर्गीय शैलेजा आचर्यले एक चोटि भनेका थिए । यो देशको राष्ट्रियता आर्थिक रुपमा मध्याम खालको परिवारले धानेको छ किन भने सम्पन्नहरुले जुनसुकै देशको नागरिकता किन्न सक्छन र त्यहा बस्न सक्छन र सडकमा रहनेहरुको पनि  यो देशसङ्ग लिनुदिनु केही छैन। उनिहरुले कर तिर्न पर्दैन र कुनै इज्जतमा पनि बस्न पर्दैन। बाध्य भएर देश धान्ने काम यहि माध्यम परिवारका मानिसहरुको हो त्यो पनि देशलाइ माया लागेर होइन। उनिहरुको जायजेथा बेचेर बिदेशमा घर किन्न सम्भव नभएकोले हो। यो शैलजा आचार्यको कुरा प्रमाणित हुँदै गएको छ । बौदिको बनाउँदाहरुले उनिहरुको अनुभवको आधारमा पछिल्ला पुस्ताका युबाहरुलाइ ज्ञान बाढ्न पर्ने र अनुशासन सिकाउन पर्ने तर हरेक बिहान हरेक युटुब च्यानलहरुमा बीस बमन गरि रहेको देखिन्छ । उनीहरु पनि हिजो पदमा बस्दा देश लुट्ने भन्दा अरु रेकर्ड भेटिदैन । त्यसैले उनीहरुको बक्वास सुन्न जरुरी छैन बरु दुख गरेर एक छाक भात खान सबैलाइ परिस्थिती सृजना गरि दिने ससारका किसानहरुको कुरा सुन्न राम्रो हुन्छ।

प्रसंशा र पुरस्कारको व्यवस्था

मुलुक दलाल पुँजीपतिहरुले चलाएका छन् भनेर नेपालका कम्युनिस्टहरुले भनी रहन्थे तर उनीहरुले नै देश चलाएको समयमा उहिले पञ्चायतकालमा पञ्चायतका भजन मण्डलीहरुलाई बाँड्ने गोर्खा दक्षिणबाहु पनि राष्ट्रपतिका छोरीहरुलाई, घुस्याहा कर्मचारीहरुलाइ, सेना प्रहरीका आ–आफ्ना मानिसहरुलाइ बाडेका छन। त्यसको छनोट प्रकृया  कसतो हुन्छ, केही पारदर्शीता छैन । अब राज्यले दिने पदकहरुको छनोट एउटा ‘स्वतन्त्र छनोट आयोग’ बनाएर बितरण गर्नु पर्दछ कि त यो भजमाने तरिकाले बाड्ने पदक बन्द गरि राज्यको लगानी बचाउन पर्दछ । यो लेनदेनको र नातावाद्कृपाबाद्को पदक बितरणले राज्यको शिर उठाउदैन बरु झन झुक्छ। झलनाथ खनालले सर्प पालनको लागि सत्तरी करोड पाउने तर माहाबिर पुनले राष्ट्रिय आबिस्कार केन्द्र स्थापना गर्छु भन्दा राज्यकोषबाट एक रुपैया नपाउने यो के भएको हो। यो देशको शासन प्रशासनमा कसता मान्छे पुगेका छन। कुन जातको मान्छे छन र कुन धर्मको मान्छे छन त्यसको पनि लेखाजोखा गर्ने दिनको आएको छ। झ नाच्न नजान्ने आगन टेडो ञ भने झै यिनिहरुले ब्यबस्थालाइ दोष दिन्छन तर जुनसुकै ब्यबस्था फेरिए पनि पचासौ बर्षदेखी शासन सत्तामा यिनिहरुले नै रजाइ गरि राखेका छन। झ लाटो देशमा गाडो ञ तन्नेरी भने झै जनताले पनि यिनै मान्छेहरुलाइ साथ दिई राखेका छन। यो मुलुकको दुर्भाग्य हो।


देश मै केही गरेर मर्ने प्रण

उपनिषदमा ‘यदपिण्डे ततब्रहण्ड’ यसको अर्थ हुन्छ जहाँ पिण्ड हुन्छ त्यहा ब्रम्हाण्ड हुन्छ अथवा पन्चतत्व भएको सर्बगुण सम्पन्न हुन्छ । ब्रहाण्ड कै सबै भन्दा असल भाग पृथ्वी कै नेपाल हो भन्दा कुनै अतिसयोक्ती हुदैन । पृथ्वीको अरु भागहरु कि पानी–पानी कि त हिउँ नै हिउँ कि त जाडो नै जाडो कि त गर्मी नै गर्मी नेपाल मात्रै एउटा यस्तो मुलुक हो जहाँ हरेक दस किलो मिटरको दुरिमा हावापानी फरक पाइन्छ। दुरि अनुसारको फरक फरक खेतिपाती फल्छ । सिजन अनुसारको फलफुल र तरकारी फल्छन । होचो स्थानदेखि अग्लोमा चोमोलोङ्ग्मासम्म्को ससार कै अग्लो ठाउँ पनि यहि छ। भन्न त हिमाल चढ्न भएर आउछ्न बिदेशीहरु तर तिनिहरु नेपालको हिमालमा देउताको दर्शन गर्न आएका हुन किनभने हिमालमा देउताहरुको बास हुन्छ। कति अध्यात्मबादीहरुले त बिदेशीहरुलाइ हिमाल चढ्न दिनु हुदैन भन्ने मत राख्छन किनभने बिदेशीहरुले देउताको मर्यादा राख्दैनन। उनिहरु नास्तिक हुन भन्ने भनाइ पनि पुर्खाहरुको रहेको छ। यो देशको मुहार फेर्ने हजारौ बिषयहरु छन। तर यो देशलाई चिन्न सक्ने ब्यक्तिहरुको खाचो छ। यहाको ब्याक्तिको टाउको गन्दा र तथ्यांकमा हेर्दा त नपालको जनसंख्या तीन करोड नै पुग्न लाग्यो होला तर यो देशलाइ सहि मानेमा माया गर्ने एक जना मान्छे पनि भेटिएको छैन। राजनिती र राजनितीज्ञलाई चारैतिर गाली मात्रै गरेको सुनिन्छ यो पनि एउटा अब थेगो भै सक्यो।किनभने म राम्रो हु भन्ने दाबी गर्ने तर सच्चा राजनिती गर्न डाराउने र पर बसेर अरुलाइ गाली गर्ने, यसरी त केही हुदैन। यश चोटिको स्थानिय निर्वाचनमा हर्क साङ्पाङ र बालेन शाहले हिम्मत गरे र जिते पनि तर उनिहरु कति पर पुग्छन हेर्न बाकी छ किन भने सङ्गठन बिना सुन्दर योजना पनि कार्यन्बयन गर्न सकिँदैन। त्यसैले भगवान बुद्धले पनि सङ्गम सरणम गच्छामी भन्दथे। सङ्गम भनेको बुद्धको भाषामा सङ्गठन हो । त्यस्तो अध्यात्मक महागुरुलाइ त सङ्गठन चाहिन्छ भने अरु सामान्य मान्छेले कति फुर्ती गर्दा हुन्छ त्यो बिचार गरे कै राम्रो हुन्छ। तर यो बैमानीहरुको हुलमा हर्क साङ्पाङ र बालेन शाहले आबस्य पनि धिपधिपे बत्ती बालेका छन र निरासालाइ सानो अङ्शमा भएपनी आशामा बदलेका छन। हिजो देखि नै असल मानिसहरुको प्रबेश राजनितिमा भएको भए देशको हालत यस्तो हुने थिएन् ।
(पुरा नाम जुद्धबहादुर राई हो । उहाँ जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

जुद्ध ढाक्रेका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho