१२ बर्षीया बालिकामाथि जवरजस्ती गर्नेहरुलाई कार्वाहीको माग

लाक्पा जी शेर्पा

२०७९ असार १, बुधबार


लाक्पा जी शेर्पा
ओखलढुंगा (शेर्पाखबर) ।
 ओखलढुंगामा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रकाउ परेकाहरुलाई कडा कर्वाही गर्न माग गरेको छ । दोषिहरुलाई कानून अनुसार कडा भन्दा कडा सजायको गर्न समाजवादी विद्यार्थी युनियनले   माग गरेको हो । 
जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनका अध्यक्ष अरुण राईद्धारा हस्ताक्षर गरि जारी विज्ञप्तिमा घटनामा संलग्नमा पीडकहरुलाई कुनै पनि नाममा छुटकारा दिएमा वा राजनैतिक संरक्षण गर्ने दुष्प्रयास गरिएमासशक्त प्रतिकार गर्ने उल्लेख छ । 
पछिल्ला समय देशभर महिला तथा बालिकाहरुमाथि जबरजस्ती करणी जस्तो जघन्य अपराधका घटनाहरुमा वृद्धि भएको उल्लेख गर्दै युनियनले नाबालिका र विद्यार्थीमाथि नै शिक्षकबाट हुने यौनजन्य घटनाले समाजको कुरुप अनुहारलाई उदाङ्गो बनाउँदै लगेको प्रष्ट छ भनिएको छ । यसखाले विकृती, विसंगती, यौन जन्य अपराधको न्यूनिकरणका ल्गि राज्यले खास रुपमा ध्यान दिन नसक्दा अपराधका घटनाहरु दिनानुदिन बढ्दो क्रममा रहेको विज्ञप्तिमा भनिएको छ । 
अपराध र अपराधीसँग कसैको साइनो नलाग्ने, त्यो कुनै पनि मूल्यमा अपराध नै हुने भएकाले स्वतन्त्र कानूनी संयन्त्रमार्फत् तत्काल पिडकहरुलाई कानूनी कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिलाई समेत युनियनले माग गरेको छ । बालबालिकाका लागि दोश्रो घरको रुपमा मानिने विद्यालयमा नै विद्यार्थीहरु शिक्षकहरुबाट असुरक्षित हुनु आफैमा विडम्बना भएको उल्लेख गर्दै घटनाले कोहीबाट कोही सुरक्षित नभएको तथा महिला र बालिकाहरु एक्लै हिँड्डुल गर्न नसक्ने अवस्था सिर्जना भएको स्थिति देखिएकाले यसप्रति राज्यले तुरुन्त सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको जनाएको छ ।  
गत जेष्ठ ३० गते सिद्धिचरण नगरपालिका वडा नं. ३ स्थित नारायणस्थान मा.वि.का प्रधानाध्यापक पूर्णप्रसाद फुयाँल (प्रकाश), स्थानीयबासीहरु फणिन्द्र दाहाल, केशव भुजेल र डम्बर भुजेलले सोही विद्यालयमा अध्ययनरत १२ बर्षीया एक नाबालिका छात्रामाथि बारम्बार यौन शोषण, जवरजस्ती करणीको घटना सार्वजनिक भएको थियो । घटनापछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho