राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित

शेर्पाखबर

२०७९ जेष्ठ ३१, मंगलबार


जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन् । जसपाका केन्द्रीय सदस्य राई जिल्ला समन्वय समितिको सोमबार सम्पन्न निर्वाचनबाट गठबन्धनकातर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् ।

जिसस उपप्रमुखमा गठबन्धन कै तर्फबाट माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन् । नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यलाई निवर्तमान प्रमुख बबी चाम्लिङले स्वागत गर्दै पदभार ग्रहण गराएका छन् । चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो । 
साकेला गाउँपालिका–२ रतन्छा निवासी प्रमुख राई २०६४ र २०७० सालको संविधानसभा सदस्यमा पनि उठेका थिए । उनी २०५४ सालमा एमालेबाट तत्कालिन गाविस अध्यक्ष निर्वाचित भएका थिए । जिल्ला समन्वय समितिको खुला सदस्यमा गठबन्धनबाट काँग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्मा विजयी भएका छन् । 


 गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लाका १० स्थानीय तहमध्ये गठबन्धनबाट १६ प्रमुख र उपप्रमुख तथा एमालेले ४ प्रमुख र उपप्रमुख जितेको थियो । एमालेले जिसस प्रमुखमा किशोरकुमार श्रेष्ठ र उपप्रमुखमा बिजय राईलाई उम्मेदवार उठाएको थियो । एमालेले सदस्यमा भने मनोनयन दर्ता गराएको थिएन ।   

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho