सामुहिक बलात्कारमा संलग्न शेर्पासहित ४ जना पक्राउ

शेर्पाखबर

२०७९ जेष्ठ ३१, मंगलबार


काठमाडौं (शेर्पाखबर) । काठमाडौंको बौद्धमा सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा रिन्जेन शेर्पासहित ३ जनालाई पक्राउ गरिएको हो । 
बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका प्रहरीले जनाएको छ । घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् । लुङ्ता गेष्ट हाउसका संचालक सिन्धुपाल्चोक भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

आरोपीहरुमाथी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए । आरोपीहरुले जेठ २९ मा मध्यराति होटलमा लगेर युवतीलाई  पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho