खिजीदेम्बा ९ रिपालका ३४ कामी शेर्पा वेपत्ता 

२०७९ जेष्ठ २५, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा ९ रिपालका ३४ बर्षिय कामी शेर्पा वेपत्ता भएका छन् । मजदुरी गर्न रसुवा लाङटाङमा पुगेका शेर्पा वेपत्ता भएको परिवारले जनाएको छ । सिङगुम्बा देखि श्यप्रुबेशी आउने क्रममा वेपत्ता भएको काका मिङमार शेर्पाले जानकारी दिए । 
जेष्ठ २३ गते विहान नै हराएपनि परिवारलाई ढिला गरी जानकारी आएपछि प्रहरीलाई खबर गरी खोजी भइरहेको जनाएको छ । साथीहरुसँगै वैंकमा काममा जान्छु भनेर हिँडेका शेर्पाले होटलमा झोला छाडेर वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । ६ महिनादेखि श्याब्रुवेशी क्षेत्रमा मजदुरी गर्दै आएको शेर्पाको खोजी गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेको बुबा लाक्पा देण्डी शेर्पाले जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho