अधुरा योजना पुरा गर्न आग्रह गर्दै जनप्रतिनिधीहरु विदा

शेर्पाखबर

२०७९ जेष्ठ १८, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा गाउँपालिकाका निवर्तमान जनप्रतिनिधीहरुलाई विदाई गरिएको छ । गाउँपालिकाले एक समरोह आयोजना गरि यसअघिका जनप्रतिनिधीहरुलाई विदाई गरेको हो । 
स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएसँगै नयाँ पदाधिकारीहरुले पुरानालाई विदाई गरेका छन् । गाउँपालिका नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले अघिल्लो जनप्रतिनिधीहरुलाई प्रशांस पत्रसहित खादा लगाएर धन्यवाद ज्ञापन गर्दै विदाई गरेको वडा नं. ६ का वडा अध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिए । 
कार्यक्रममा निर्वतमान अध्यक्ष वेदबहादुर रोक्काले आफ्नो कार्यकालमा विकास, कानूनी जग वसाएको र नयाँका लागि काम गर्न सहज हुने विश्वास व्यक्त गरे । धेरै समय सिकाई र अभ्यासमा वितेको बताउँदै अध्यक्ष रोक्काले त्यसमाथि पनि २ बर्षसम्म कोरोना महामारीका कारण सोच अनुरुप काम गर्न नसकेको बताए । 
कार्यक्रममा नवनिर्वाचत अध्यक्ष शेर्पाले संघीयताको कार्यान्वयनका क्रममा जनप्रतिनिधीहरुले खेलेको भूमिकाको प्रशंसा गरे । पहिलो अनुभवलाई सार्थकता दिँदै संघीयतालाई मजबूत बनाउन जनप्रतिनिधीहरुको विशेष भूमिका खेलेको आफूले पाएको शेर्पाको भनाइ थियो । विकास निर्माण, सुशासन लगायतका क्षेत्रमा गाउँपालिकाले लय लिइसकेको उल्लेख गर्दै यसबाट नयाँका लागि सहज हुने कार्यक्रममा बोल्ने वक्ताहरुको भनाइ थियो । कतिपय पुराना योजना र अधुरा कार्यक्रमलाई नवनिर्वाचित जनप्रतिनिधीहरुले प्रथामिकता दिनुपर्ने निवर्तमानहरुको जोड थियो । 
सोही अवसरमा निर्वाचन अधिकृत विष्णुहरि बराललाई समेत विदाई गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, निष्पक्ष तवरले सम्पन्न गरेको भन्दै बरारलाई गाउँपालिकाले प्रशांस पत्र समेत प्रदान गरेको थियो । सोही अवसरमा निर्वाचन अधिकृत बरालले निर्वाचनलाई सोच अनुरुप सम्पन्न गर्न राजनैतिक दल, जनप्रतिनिधी, सुरक्षा निकायबाट पर्याप्त सहयोग प्राप्त भएको भन्दै खुसी व्यक्त गरे । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho