खिजीदेम्बामा सरकारी कामकाजमा मातृभाषा लागू

लाक्पा जी शेर्पा

२०७९ जेष्ठ १५, आईतबार


लाक्पा जी शेर्पा
ओखलढुंगा (शेर्पाखबर) ।
खिजीदेम्बा गाउँपालिकाले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषाा बनाउने निर्णय गरेको हो । 
जस अनुसार वडाहरुमा सुनुवार, तामांग र शेर्पा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग अनिवार्य गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण पुरीले जानकारी दिए ।
वडा कार्यालयहरुमा सरकारी कामकाजको भाषा मातृभाषा लागू भएका वडाहरुमा १, २, ३, ४ र ५ मा सुनुवार, २, ४, ५ र ६ मा तामांग र २, ६, ७, ८ र ९ मा शेर्पा मातृभाषा लागू हुनेछ । 
खिजीदेम्बा गाउँपालिकाका वडाहरुमा सरकारी कामकाजको भाषा स्थानीय जातजाति, समुदायको उपस्थिती, जनसंख्याको आधारमा बाहुल्यता रहेको जातजातिको मातृभाषाको रुपमा अनिवार्य रुपमा प्रयोग गर्ने अध्यक्ष शेर्पाले घोषणा गरे । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि गाउँपालिकामा भाषा अनुबादक विज्ञ नियूक्त गर्ने नीति अघि सारिएको छ । अध्यक्ष शेर्पाले मातृभाषा प्रयोगका सम्वन्धमा सम्बन्धमा आवश्यक कानूनी प्रवधान मिलाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने समेत निर्णय गरेको जनाएको छ । खिजीदेम्बा गाउँपालिका शेर्पा समुदायको बाहुल्यता रहेको गाउँपालिका हो । 
भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्ने र भाषिकीहरुको सम्मानका लागि मातृभाषा प्रयोगलाई अनिवार्य गरेको जनाएको छ । गाउँपालिकाको वोर्डमा सामभोट लिपी प्रयोग गर्ने समेत अध्यक्ष शेर्पाले जानकारी दिए । राष्ट्यि भाषा आयोग, आदिवासी जनजाति आयोग समेतको सिफारिसमा स्थानीय समुदायको मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भनि नेपाल सरकारलाई सिफारिस गरेको अवस्थामा छ ।  
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho