शेर्पा संघको झण्डा सगरमाथामा 

लाक्पा जी शेर्पा

२०७९ जेष्ठ ६, शुक्रबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगाको झण्डालाई सगरमाथाको शिखरमा फराइएको छ । मे १४ विहान ८ बजे खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पाले संघको झण्डा शिखरमा फराउन सफल भएको हो । 
सभेन समिट ट्रेक्स एण्ड एक्सिपिडिसनबाट सगरमाथा आरोहण दलमा खटिएका शेर्पाले नेपाल शेर्पा संघको लोगो अंकित झण्डालाई सगरमाथामा फराएको संघका जिल्ला अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए । 
विभिन्न संस्थाका झण्डासहित त्यहाँ पुगेका शेर्पाले विश्वमा शेर्पा र सगरमाथाको फरक पहिचान भएकाले शेर्पा संघको झण्डालाई शिखरमा पुर्याउन सान्दर्भिक हुने ठानेर शिखरमा पुर्याएको प्रतिक्रिया दिए । 
विश्वमा शेर्पा र सगरमाथाले मात्रै नेपाललाई चिनिन्छ । नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासमा शेर्पाहरु विशेष भूमिका छ । त्यही शेर्पाहरुको साझा संस्था नेपाल शेर्पा संघको झण्डा शिखरमा फराउँदा विशेष अर्थ राख्ने भएकाले यो अभियानमा लागेको अध्यक्ष शेर्पाको भनाइ छ । 
शेर्पाले २१ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho