अध्यक्ष गम्बु शेर्पाले लिए मातृभाषामा सपथ

लाक्पा जी शेर्पा

२०७९ जेष्ठ ५, विहिबार


ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले आफ्नै मातृभाषामा सपथ ग्रहण गरेका छन् । विहिबार जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिृकत तथा जिल्ला न्यायधीश दलबहादुर केसीबाट शेर्पाले मातृभाषा ‘शेर्पा’ मा सपथ ग्रहण गरेका हुन् ।
मूख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले आज दिउँसो नगरपालिकाका मेयर, उपमेयर लगायत निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरणपछि सपथ ग्रहण कार्यक्रम आयोजना गरेको थियो । उक्त समरोहमा शेर्पाले मातृभाषामा सपथ लिएको जनता समाजवादी पार्टीका प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले जानकारी दिए । आफ्नै मातृभाषामा सपथ लिने बारेमा मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई अगाडी नै जानकारी गराएर तयारी गरेको रुम्दालीले जानकारी दिए । 
निर्वाचित जनप्रतिनिधीलाई स्थानीय तह सञ्चालन ऐन २०७३ अनुसार सपथ ग्रहण गराउने व्यवस्था छ । सपथ ग्रहणको ढाँचालाई शेर्पा भाषामा उत्था गरेर शेर्पाले बाचन गरेका थिए । मुख्य निर्वाचन अधिकृतले भने नेपाली सम्पर्क भाषामै सपथ गराएका थिए । अध्यक्ष शेर्पाले आफ्नै भाषामा सपथ लिने भएपछि सोही अनुसार मूख्य निर्वाचन अधिकृतको कार्यालयले पनि तयारी गरेको थियो । ‘अध्यक्ष शेर्पाले शेर्पा पोशाकमै उपस्थित भएर आफ्नै मातृभाषामा सपथ लिएको जसपा अध्यक्ष खेमराज खड्काले जानकारी दिए । समरोहमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ लगायत सहभागि थिए । 
जसपा प्रदेश नं. १ का सदस्य समेत रहेका शेर्पाले कांग्रेसका भूपेन्द्र बहादुर वस्नेतलाई १ सय ३० मतान्तरले पराजित गर्दै खिजीदेम्बाका अध्यक्ष निर्वाचित भएको थियो । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho