अध्यक्ष गम्बु शेर्पाले मातृभाषामा सपथ लिने (शेर्पा भाषाको सपथसहित)

लाक्पा जी शेर्पा

२०७९ जेष्ठ ५, विहिबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले आफ्नै मातृभाषामा सपथ लिने तयारी गरेका छन् । विहिबार जिल्ला समन्वय समितिको सभाहलमा हुने सपथ ग्रहण कार्यक्रममा उनले मातृभाषा ‘शेर्पा’ मा सपथ लिने भएका हुन् । 
मूख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले दिउँसो ३ बजे नगरपालिकाका मेयर, उपमेयर लगायत निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरणपछि सपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । उक्त समरोहमा शेर्पाले मातृभाषामा सपथ लिने गरी तयारी भएको जनता समाजवादी पार्टीका प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले जानकारी दिए । आफ्नै मातृभाषामा सपथ लिने बारेमा मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइसकेको रुम्दालीले शेर्पाखबरलाई जानकारी दिए ।
निर्वाचित जनप्रतिनिधीलाई स्थानीय तह सञ्चालन ऐन २०७३ अनुसार सपथ ग्रहण गराउने व्यवस्था छ । सपथ ग्रहणको ढाँचालाई शेर्पा भाषामा उत्था गरेर प्रयोग गर्ने तयारी शेर्पाको सचिवालयले गरेका छन् । अध्यक्ष शेर्पाले आफ्नै भाषामा सपथ लिने भएपछि सोही अनुसार तयारी भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
‘अध्यक्ष शेर्पाले शेर्पा पोशाकमै उपस्थित भएर आफ्नै मातृभाषामा सपथ लिनुहुन्छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको छ ।’ जसपा अध्यक्ष खेमराज खड्काले भने । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश दलबहादुर केसीले ८ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सपथ ग्रहण गराउने कार्यक्रमको तयारी पूजा भएको निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिए । 
जसपा प्रदेश नं. १ का सदस्य समेत रहेका शेर्पाले कांग्रेसका भूपेन्द्र बहादुर वस्नेतलाई १ सय ३० मतान्तरले पराजित गर्दै खिजीदेम्बाका अध्यक्ष निर्वाचित भएको थियो । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho