गम्बु शेर्पाले लिए निर्वाचितका प्रमाण पत्र

लाक्पा जी शेर्पा

२०७९ जेष्ठ ३, मंगलबार


ओखलढुंगा (शेर्पाखबर) । स्थानीय निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएसँगै जनप्रतिनिधीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । निर्वाचन अधिकृतको कार्यालय खिजीदेम्बाले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेको हो । कार्यालयले गाउँपालिका प्रमुख वेदबहादुर रोक्काको उपस्थितीमा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

यससँगै ओखलढुंगामा निर्वाचित प्रमाण पत्र लिने लिने प्रमुख गम्बु शेर्पा पहिलो बनेका छन् । त्यस्तै, उपाध्यक्षमा निर्वाचित सुशिला तामाङ, वडा नंं १ का अध्यक्ष कुमार सुनुवार, २ का अध्यक्ष सुरेन्द्र घिमिरे, ३ का अध्यक्ष टंकराज सुनुवारले पनि प्रमाण पत्र लिएका छन् । त्यस्तै, वडा नं। ४ का अध्यक्ष होमबहादुर सुनुवार, ५ का अध्यक्ष राम सुनुवार, ६ का अध्यक्ष पासाङ निमा शेर्पाले पनि प्रमाणपत्र लिए । त्यसैगरी, वडा नं। ७ का अध्यक्ष डिल्ली बस्नेत, वडा नं। ८ का अध्यक्ष नगेन्द्र बस्नेत र वडा नं। ९ का अध्यक्ष ङावाङ फुरी शेर्पाले पनि निर्वाचित प्रमाण पत्र लिएका छन् ।

खुल्ला सदस्य, महिला र दलित सदस्यलाई पनि सोही अवसरमा निर्वाचित जनप्रतिनिधीको प्रमाण पत्र वितरण गरिएको निर्वाचन अधिकृत विष्ण्ुाहरि बरालले जानकारी दिए । नवनिर्वाचित पदाधिकारीलाई गाउँपालिका निवर्तमान अध्यक्ष रोक्का र निर्वाचन अधिकृत बरालले कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho