शेर्पा संघका पदाधिकारीहरु चुनावमा होमिए

लाक्पा जी शेर्पा

२०७९ बैशाख १४, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघका केन्द्रीय पदाधिकारीहरु स्थानीय निर्वाचनमा होमिएका छन् । संघका उपाध्यक्ष, सचिव र सदस्यहरु स्थानीय निर्वाचनका विभिन्न तहमा उम्मेदवार दिएका हुन् । 
यसरी निर्वाचनमा होमिनेहरु मध्ये सबै भन्दा बढी दोलखाका छन् । केन्द्रीय उपाध्यक्ष आङ निमा शेर्पा विगु गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । त्यस्तै, उपाध्यक्ष छिरिङ वाङदे शेर्पा विगु वडा नं. ७ बाट उम्मेदबार बनेको जनाएको छ । उनी एमालेबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष बनेका हुन् । 
त्यस्तै, सचिव आङ पासाङ शेर्पा जिरी नगरपालिकामा वडा अध्यक्षको उम्मेदवार बनेका छन् । कांग्रेसबाट टिकट पाउने अपेक्षा गरिएका शेर्पाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै, केन्द्रीय सदस्य आङ पेमा शेर्पा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेकी छन् । त्यस्तै, केन्द्रीय सदस्य निमा ठिले शेर्पाले संखुवासभाको पाँचखपन वडा नं. ९ बाट उम्मेदवारी दर्ता गरेको जनाइएको छ । 
त्यस्तै, अर्का केन्द्रीय सदस्य दावा छिरी शेर्पाले विगु गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका शेर्पा गठवन्धनले जसपालाई कुनै स्थान नदिएको भन्दै उम्मेदवार बनेका हुन् । 
यता, नेपाल शेर्पा संघले स्थानीय निर्वाचनमा बढी भन्दा बढी सहभागिताका लागि आह्वान गर्ने सचिवालयले निर्णय गरेको थियो । संघले स्थानीय निर्वाचनमा सहभागि शेर्पालाई बढी भन्दा बढी निर्वाचित गर्न आह्वान समेत गरेका छन् ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho