दोस्रो बज्रगुरु थ्युङ्ग्यर आयोजना हुने

शेर्पाखबर

२०७९ बैशाख १४, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाल बौद्ध धर्म सेवा संघ, हिमाली शेर्पा समाजको आयोजनामा दोस्रो बज्र गुरु थ्युङ्ग्युर आयोजना हुने भएको छ । विश्व शान्तिको कामनासहित आयोजना गर्न लागेको पूजाको सृजनशील आमा समूह सहआयोजना गरेको हो । 
दश करोड बज्रगुरु जप गर्ने हेतुले दोस्रो बज्र गुरु थ्युङ्ग्युर पूजा आयोजना गरेको पूजामा नेपाल बौद्ध धर्म सेवा संघका प्रमुख लामा पासाङ नुर्बु शेर्पाको विशेष उपस्थितीमा हुने संस्थाका दावा शेर्पाले जानकारी दिए । भत्तजनहरुले पूजामा सहभागि भएर मणिजप गरेर पुण्य आर्जन गर्न सकिने शेर्पाले बताए । 
स्वयम्भुस्थित बौद्ध धर्म सेवा संघमा हुने कार्यक्रम वैशाख १८ गतेबाट शुरु हुने आयोजकले जनाएको छ । बौद्ध क्षेत्र, अत्तरखेलबाट जान चाहनेहरुका लागि यातायातको समेत व्यवस्था गरिएको छ ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho