सगरमाथा आरोहणका लागि २ सय ५० जनाले अनुमति लिए

२०७९ बैशाख ३, शनिबार


काठमाडौं  ः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि २ सय ५० जना आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ३१ दलका २ सय ५० जना आरोहीले आरोहण अनुमति लिएका हुन ।
अनुमति लिनेमा १ सय ९४ जना पुरुष र ५६ जना महिला रहेको पर्यटन विभागका शाखा अधिकृत भिष्मराज भट्टराईले जानकारी दिए । सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका ५८ जना, वेलायतबाट ३३ र छिमेकी मुलुक भारतबाट २१ जनाले अनुमति लिएका छन ्। नेपालबाट पनि ५ महिला र ९ जना पुरुष गरी १४ जनाले आरोहण अनुमति लिइसकेका छन् । सगरमाथा हिमाल आरोहणबाट मात्रै ३१ करोड ६० लाख ९५ हजार ९ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।
८ हजार ५ सय १६ मिटर उचाइको ल्होत्से हिमाल चढ्न ९ आरोहण दलका ८१ जनाले अनुमति लिएका छन्। सोलुखुम्बुकै अर्को ६,८१४ मिटर अग्लो आमादब्लम हिमाल चढ्न ६ समुहमा ६५ जनाले अनुमति लिएको विभागको तथ्याङकमा उल्लेख गरिएको छ ।  वसन्त ऋतुमा आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्न सक्ने अनुमान विभागले गरेको  छ । अप्रिल पहिलो सातादेखि मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण गरिन्छ ।
सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणका लागि पर्यटन विभागले पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति समेत गठन गरेको छ । पर्वतारोहणलाई नियमित, मर्यादित र व्यवस्थित बनाउनका लागि २०७८ चैत १३ गते नै विभागका निर्देशक सूर्यप्रसाद उपाध्ययको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, जंगी अड्डाका सेनानी किशोर अधिकारी, पर्यटक प्रहरीको तर्फबाट प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे, सगरमाथा आरोही संघका निशा अधिकारी, हिमालयन उद्धार संघ नेपालका प्रतिनिधि, सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रतिनिधि सदस्य रहेका छन् ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho