अध्यक्ष शेर्पाद्धारा पदभार ग्रहण

लाक्पा जी शेर्पा

२०७८ चैत्र ३०, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पदभार ग्रहण गरेका छन् । १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष सहित सचिवालय सदस्यहरुले पदभार ग्रहण गरेका हुन् । 
ललितपुरको कुसुन्तीमा रहेको महासंघका कार्यालयमा पुगेर निवर्तमान अध्यक्ष जगत बरामले शेर्पालाई पदभार सुम्पेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष शेर्पाले तत्काल सुविधा सम्पन्न भवनमा सबैलाई पायक पर्ने ठाउँमा महासंघको कार्यालय स्थानान्तरण गर्ने बताए । 
‘सबै जातीय संस्थालाई पायक पर्ने गरी राजधानीको बीचतिर हामी कार्यालय व्यवस्थापन गर्नेछौं । घर खोजी भइरहेको छ । चक्रपथ, महाराजगन्जतिर भेटियो भने सबैलाई उचित हुन्छ भन्ने लागेको छ ।’ अध्यक्ष शेर्पाले भने ‘सचिवालयलाई चुस्तदुरुस्त राख्नका लागि पनि कार्यालय व्यवस्थापन जरुरी छ ।’
नवलपुरको कावासोतीमा गत चैत्रमा भएको महाधिवेशनले शेर्पाको अध्यक्षतामा २१ सदस्यीय सचिवालय निर्वाचित गरेको थियो । अध्यक्ष शेर्पाले आफ्नो ३ बर्षे कार्यकालमा भवन निर्माणको काम शुरु गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । 
शेर्पाले महाधिवेशनमा सचिवालय चुस्त राख्ने, भवन निर्माणको लागि तत्काल जग्गा खोजी गरी कार्य अघि बढाउने, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउने, अभिलेखिकरण, दस्तावेजीकरणको पाटोमा क्रियाशिलता देखाउने बताएका छन् । त्यस्तै, नेपाल पक्ष राष्ट्र रहेको अभिसन्धीहरु कार्यान्वयनका लागि राज्यलाई दबाब दिने समेत शेर्पाले जनाएका छन् ।
पदभार ग्रहण कार्यक्रममा महासंघका निवर्तमान सचिवालय सदस्य, निर्वाचित सदस्य र विभिन्न जातीय संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । यस अवसरमा महासंघको प्रवास समितिले अध्यक्ष शेर्पाको कार्यकालको सफलताको कामना गरेका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho