माणि रिम्डु, डुप्छेन पूरा शुरु

लाक्पा जी शेर्पा

२०७८ चैत्र २९, मंगलबार


काठमाडौं (शेर्पाखबर) । सोमबारदेखि शेर्पा सेवा केन्द्र अर्थात शेर्पा गुम्बामा विशेष पूजा कार्यक्रम शुरु भएको छ । किल्खोरदिङ सान्दोक पालोरी गुम्बा भूसिंगा खिजीदेम्बा ८, ओखलढुंगाका लामा छोक्पाले माणि रिम्डु तथा डुप्छेन पूजा शुरु गरेको हो ।
डुप्छेन पूजाको पहिलो दिन गेङेन ल्हाप्साङ, सछ्योक, सेठो दोस्रो दिन नाम्खी ग्याल्बो, डोवाकुन्डोक, तेस्रो दिन रिग्जीन, थुडुप र चौथो दिन सेठो सङसाल, खाण्डो ठिले पूजा हुने आयोजक मध्येका सोनाम टासी शेर्पाले जानकारी दिए । त्यस्तै, पाँचौ दिन दर्सेक कुन्दु, छैठौं दिन दर्सेक कुन्दु, नाङवाङ, माणि हुनेछ । सातौं दिन माणि रिम्डु र डुम्जी छ्याम, ग्याप्सी, छेवाङ (अभिषेक) र अन्तिम दिन जिनस्याक गरेर पूजा सकिने अर्का आयोजक सदस्य ङावाङ गेल्जे शेर्पाले जानकारी दिए । 
प्राणी जगतको हित र विश्व शान्तिको कामना गर्दै बर्षेनी आयोजना गर्ने पूजा कोरोना महामारीका कारण केही बर्ष रोकिएको थियो । किल्खोरदिङ गुम्बाका प्रमुख लामा ङावाङ तेन्जीङ रग्डोल रिन्पोछेले अगुवाई गर्दै आएका छन् । केही बर्षअघि सम्म किल्खोरदिङ गुम्बामा समेत भव्यताका साथ माणि रिम्डु पूजा आयोजना हुदै आएकोमा भूकम्पका कारण गुम्बा ध्वस्त भएपछि स्थगित भएको थियो । 
बौद्ध ञिङपा सम्प्रदायमा विशेष पूजाको रुपमा लिइने माणि रिम्डु, डुम्जी छ्याम र डुप्छेन पूजाको सञ्चालन तथा प्रवचन किल्खोरदिङ गुम्बाका लामा ङावाङ ठिमे शेर्पाले गर्दै आएका छन् ।  यसबर्षदेखि किल्खोरदिङ गुम्बाका प्रमुख लामाका छोरा औत्तारी ङावाङ कुन्खेन रिन्पोछेको विशेष उपस्थितीमा भइरहेको जनाएको छ । अमेरिका वस्दै आएका रिन्पोछेले पूजा कार्यक्रमलाई थप व्यवस्थित गर्दै लैजाने बताए । 
पूजाका लागि ओखलढुंगा, रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, भोजपूर लगायतका जिल्लाबाट काठमाडौं बसोवास गर्ने करीब ५ सय जनाले आयोजकको जिम्मेवारी लिएका छन् । पूजामा आउने श्रद्धालु भक्ताजन, लामाहरुका लागि खाजा, खाना, पेयपदार्थको प्रबन्ध आयोजकले मिलाएको पूजामा किल्खोरदिङ गुम्बाका ४० भन्दा बढी लामाले दैनिक पूजापाठ गर्दै आएका छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho