पुराना दललाई गधाको संज्ञा, दुधको अपेक्षा नगरौंः बरिष्ठ नेता राई

लाक्पा  जी शेर्पा

२०७८ चैत्र २६, शनिबार


लाक्पा  जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले पुराना दललाई ‘गधा’को संज्ञा दिएका छन् । राजधानीमा आयोजित पार्टीको एक कार्यक्रमलाई संबोधन गर्दै उनले ‘गधाबाट दुधको अपेक्षा नगरौं’ भनेका हुन् । 
ओखलढुंगा–काठमाडौं र खिजीदेम्बा–काठमाडौं सम्पर्क समितिद्धारा संयूक्त रुपमा आयोजित शुभकामना आदनप्रदान तथा स्थानीय निर्वाचन लक्षित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता राईले पुराना दलहरुबाट जनताले अपेक्षा गरेका पहिचान, समृद्धी र राजनैतिक, वैचारिक कुराहरु प्राप्त गर्न नसक्ने ठोकूवा गरे । 
उनले भने ‘हामी समयसापेक्ष रुपमा परिवर्तन चहान्छौं, हाम्रो संस्कृति, पहिचान, अधिकारसहितको आर्थिक समृद्धीसहित सुखी जीवनको परिकल्पना गर्छौं तर भोट चाँही उही पुरानो चिन्तन बोकेका पार्टीहरुलाई दिन्छौं । त्यसैले मेरो आग्रह छ । दुध खानुहुन्छ भने गाई पाल्नुस्, गधाबाट दुधको अपेक्षा नगरौं ।’ उनले अन्य दललाई गधा र जसपालाई गाईको रुपमा चित्रण गरेका थिए । 
सम्मुनत समाजवाद, संघीय व्यवस्थालाई संस्थागत र सुदृढीकरणका लागि आफ्नो पार्टीले मात्रै अजेण्डा अघि बढाएको दाबी गर्दै नेता राईले भने ‘सुशासन, स्वशासन, संस्कारयूक्त राजनैतिक चेतना र उच्च राजनैतिक संस्कार भएको वैचारिक, सैद्धान्तिक रुपमा स्पष्ट पार्टी भनेको जसपा मात्रै हो । अरु पार्टीहरु नाममात्रैका राजनैतिक दल हुन्, उनीहरु मुद्दा, विचारमा दरिद्र छन् ।’
ओखलढुंगाको खिजीदेम्बालाई विश्वले चिन्न थालेको र त्यसमा जसपा निर्माण अभियानले थप बल मिलेको उल्लेख गर्दै उनले भने ‘ओखलढुंगा ऐतिहासिक ठाउँले सुपरिचित छ तर खिजीदेम्बा चिनिएको थिएन । हामी थाहा पाउँदैना थियौं तर आज विश्वमा खिजीदेम्बा चिनिएको छ । त्यो हाम्रो अभियानले भयो ।’
भाषिक, धार्मिक, सांस्कृतिक अधिकार स्थापित गर्दै अधिकार बाँडफाँडको सवालमा स्पष्ट मार्गदर्शनसहित आफूहरु संघीयताको जन्मदाता भएको दाबी गर्दै राईले थपे ‘आन्तरिम संविधानमा संघीयता शब्द प्रवेश गराउन मधेश, आदिवासी जनजातिको अन्दोलन र संघर्षले बल मिलेको थियो । त्यो स्थापना गर्ने अवधकारण कर्ता हाम्रो पार्टी हो ।’
पुराना दलबाट मुलुकले गतिलिन नसकेको र राजनैतिक रुपमा समेत मुलुकलाई थप संकटमा धकेलेको उल्लेख गर्दै बरिष्ठ नेता राईले मुलुकलाई संकटको भड्खलोमा हाल्ने दललाई निर्वाचनमा मत नदिएर दण्डित गर्न आह्वान गरे । 
सही नेतृत्व, दृढ संकल्प र स्पष्ट अवधारणा नभएकाहरु राज्यको नेतृत्वमा पुग्दा व्यवस्था परिवर्तन भएपनि अवस्था ज्यूँकात्यूँ रहेको भन्दै उनले दुःख व्यक्त गरे । र, भने ‘अब फेरि निर्वाचन हुँदैछ । हामीले विवेक पुर्याउन सकिनौं भने मुलुकको अवस्था झनै बर्बाद हुनेछ । 
नेता राईले खिजीदेम्बा गाउँपालिकामा गम्बु शेर्पालाई र मुलुकमा जसपालाई जिताउनुको विकल्प नभएको समेत धारण राखे । 
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा शेर्वालुङको इन्चार्ज लाक्पा शेर्पाले विचार, दृष्टिकोण विहिन पार्टीको झन्जाललाई तोडेर अघि बढ्नुपर्नेमा जोड दिए । पुराना भनिएका पार्टीहरुसँगै कुनै दृष्टिकोण, मुलुक निर्माणको खाका नभएको बरु भ्रष्टाचार, फोहोरी राजनैतिक खेलमा मुलुकलाई फसाएर जनतालाई दुःख दिने गरेको आरोप लगाए । उनले जसपाले पहिचान, समृद्धी र सुशासनको माध्यमबाट आगामी निर्वाचनमा जनताको मन जित्ने धारण राखे । 
प्रदेश नम्बर १ का सदस्य गम्बु शेर्पाले आफूले लामो समयमा विदेशमा बसेर संघर्ष गरेको तर देशको सेवा गर्न राजनैतिक दलमार्फत अभियानमा सरिक भएकाले आगामी निर्वाचनमा सहयोग गर्न आह्वान गरे । खिजीदेम्बा मुहार फेर्न आफूले देखेका सपना पूरा गर्न निर्वाचनमा मतदान गरेर सहयोग गर्न आग्रह गर्दै नेता शेर्पाले भने ‘योजना पुस्तिकामार्फत मेरो अवधारण यहाँहरुमाझ राखेको छु । दुई बर्षको अवधीमा घरघर पुगेर सुनाएको छु । तपाईहरुले मलाई चिन्नु भएको छ । सदा तपाईहरुप्रति समर्पित हुन्छु ।’
आफ्नो भावि योजना र प्रष्ट दृष्टिकोण देखेर अन्य दलका नेताहरुको ‘निद् हराम’ भएको बताउँदै भ्रमहरु फैलाएको आरोप लगाए । कार्यक्रममा प्रदेश नम्बर १ का मूख्य सचिव प्रभु राम श्रेष्ठ, नेता शान्त घतानी लगायतले आफ्नो धारण राखेको कार्यक्रमका सभाध्यक्ष समेत रहेका सम्पर्क समितिका अध्यक्ष रामकृष्ण मगरले जानकारी दिए । 

लाक्पा  जी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho