प्रथम सहिदबारे ओलीको भ्रमपूर्ण अभिव्यक्ति सच्याउः अध्यक्ष शेर्पा

लाक्पा जी शेर्पा

२०७८ चैत्र २३, बुधबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रथम सहिद लखन थापामगरबारे केपी ओलीले दिएको अभिव्यक्ति तत्काल सच्याउन भनेको छ । एमाले अध्यक्ष ओलीले प्रथम सहिदका बारेमा केही दिन अघि एक औपचारिक कार्यक्रममा गलत र भ्रमपूर्ण अभिव्यक्ति दिएकोले त्यसलाई सच्याउन भनेको हो । 
पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले प्रथम सहिद लखन थापा मगर नभएर बाँगवीर हो भनेका थिए । उनको यो अभिव्यक्तिले सिंगो आदिवासी समुदायमा गम्भिर चोट पुगेको महासंघको निष्कर्ष छ । 
 

नेपाल आदिवासी जनजाति पर्यटन महासंघले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले ओलीको उक्त अभिव्यक्तिले सिङ्गो आदिवासी जनजाति समुदायको भावना र परिवर्तनकामी आन्दोलनको मर्ममा प्रहार गरेको भन्दै आपती जनाए । 
सरकारले विभिन्न तथ्य र प्रमाणका आधारमा मगरलाई प्रथम सहिद घोषणा गरेको स्मरण गर्दै परिवर्तनकामी आन्दोलनमा ज्यानको आहुति दिएका व्यक्त्तिवारे भ्रम छर्नेगरी अभिव्यक्ति सार्वजनिक गर्नु गलत भएको अध्यक्ष शेर्पाको भनाइ छ । 
प्रथम सहिदबारे धारणा ओलीले तत्काल नसच्याउन कडा रुपमा प्रस्तुत हुने चेतावनी दिँदै अध्यक्ष शेर्पाले भने ‘हाम्रो मर्म, भावना र हाम्रो बलिदानीमाथि खेल्ने कसैलेपनि किमर्थ हिम्मत नगर्नू नै राम्रो हुन्छ । उहाँले माफी मागेर आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ ।’ उनले भने, ‘प्रथम सहिदबारे ओलीको धारणाप्रति हाम्रो आपत्ति छ । यसले सिङ्गो आदिवासी जजतिको भावनामा चोट पुर्याएको छ । त्यसैले ओलीजीलाई आफ्नो धारणा सच्याउन अनुरोध गर्दछु ।’
‘प्रथम सहिद लखन थापा नभएको’ ओलीको धारणाप्रति चौतर्फी आलोचना भैरहेको छ । यसलाई आदिवासी समुदाय र इतिहासविद्हरुले भ्रमको खेती भनेका छन् ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho