पहिचानका लागि गम्बुलाई भोट दिनोस्ः नेता शेर्पा

ङावाङ गोम्बु शेर्पा

२०७८ चैत्र १८, शुक्रबार


ङावाङ गोम्बु शेर्पा
ओखलढुंगा (शेर्पाखबर) ।
आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पा जनता समाजवादी पार्टीको संगठन विस्तारका  क्रममा यहाँको खिजीदेम्बा पुगेका छन् । खिजीदेम्बामा उनले आगामी स्थानीय तह निर्वाचनमा गम्बु शेर्पालाई भोट मागेका छन् । 
‘पहिचान, संघीयता, धर्म निरपेक्षतालाई कडाईका साथ कार्यान्वयन गर्न र खिजीदेम्बाको मुहार फेर्ने हो भने गम्बुलाई मेयर बनाऔं ।’ जसपा केन्द्रीय सदस्य समेत रहेका शेर्पाले भने ‘पुराना र तथाकथित ठूला भनिएका दलहरुको लालचमा नपरी निस्वार्थ युवा नेता गम्बुलाई गाउँपालिकाको नेतृत्वमा चुनौं ।’
 

मुलुकमा भएका विभिन्न राजनैतिक परिवर्तनहरुमा आदिवासी जनजातिहरुको महत्वपूर्ण भूमिका रहेतापनि राज्यमा समानस्तरमा बृद्धि विकास हुन नदिएकोले आफै नेता बन्नुपर्नेमा शेर्पाको जोड थियो । शेर्पा समुदायको बहुल्यता रहेको गाउँपालिकामा शेर्पाले नै नेतृत्व गर्नुपर्ने उनको कथन थियो । 
यहाँको वडा नं. ९ को पात्ले, वडा नं. ८ भूसिंगा, वडा नं. ७ रावादोल लगायतका क्षेत्रमा वडासमिति समायोजन र प्रशिक्षणमा प्रशिक्षकका रुपमा पुगेका नेता शेर्पाले गम्बु शेर्पासँग विकासको नयाँ ‘मोडालिटि’ रहेको र अरु नेता भन्दा फरक रहेकाले उनलाई जिताउनुको विकल्प नरहेको दाबी गरेका छन् । 
पहिचानसहितको संघीयतालाई संस्थागत गर्दै संविधानमा रहेको स्वायत्तता क्षेत्रलाई कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले जातीय पहिचानको आधारमा प्रदेशहरुको नामाकरण भएरै छाड्ने दृढता व्यक्त गरे । उनले भने ‘आदिवासी जनजातिको पहिचानसँग जोडेर प्रदेशको नामाकरण हुनेछ । भएरै छाड्ने छ । त्यसो भएन भने राजनीतिबाट सन्यास घोषणा गर्छु ।’
 

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । करीब १८ बर्ष अमेरिका बसेर फर्केका गम्बु शेर्पा जनता समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षको स्वभाविक दाबीसहित अभियानमा क्रियाशिल छन् । उनी जनताको दैलो दैलोमा पुगेर आफूलाई जिताउन र नयाँ शेराबाट गाउँपालिकाको विकास र उत्पीडित वर्गको अधिकारको लागि अघि बढ्न आह्वान गर्दै आएका छन् । जसपाले गाउँपालिकाको टोलटोलमा समिति गठन गरेका छन् । अहिले निर्वाचन लक्षित वडा समायोजन भइरहेको जिल्ला सचिव पासाङ ङिमा शेर्पाले जानकारी दिए । 
 

जसपा प्रदेश नम्बर १ का सदस्य गम्बु शेर्पा

ङावाङ गोम्बु शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho