शेर्पा समुदायका ८ व्यक्तित्व सम्मानित

कान्छीमा शेर्पा

२०७८ चैत्र १३, आईतबार


कान्छीमा शेर्पा
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा सघले राजधानीमा एक कार्यक्रम आयोजना गरी विभिन्न व्यक्तित्वहरुलाई  सम्मान गरेको छ । विभिन्न पद, ओहोदा ग्रहण गर्ने तथा ख्याती कमाउने ८ जना व्यक्तित्वहरुलाई अभिनन्दन तथा बधाई ज्ञापन गरेको हो । 
सम्मानित हुनेहरुमा राष्ट्रिय सभाका सदस्य सोनाम गेल्जेन शेर्पा, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा, आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष इ. आङ दोर्जी शेर्पा, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाँङ शेर्पा छन् । त्यस्तै, कलाकारितातर्फ भ्वाइस अफ् नेपालका सोनाम ग्याच्छो शेर्पा, भ्वाइस अफ् किड्की पासाङ दिकी शेर्पा पनि सम्मानित भएका छन् ।
 

संघीय सांसद जिपछिरिङ लामाको प्रमुख आतिथ्यतामा शेर्पा संघको भवनमा भएको कार्यक्रममा पूर्व मन्त्री कृपाशुर शेर्पा, संघका पूर्व अध्यक्ष पेमाछिरी शेर्पा लगायतले आफ्नो विचार व्यक्त गरे । संघको चैत्र १२ गते बसेको सचिवालयको निर्णय अनुसार ती व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो । त्यस्तै, संघले स्थानीय निर्वाचनपछि जनप्रतिनिधी, विभिन्न राष्ट्रिय दलका केन्द्रीय सदस्य तथा निजामति सेवामा रहेका शेर्पाहरुलाई सम्मान गर्ने निर्णय गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 
संघले राष्ट्रिय जनगणनामा भूमिका निर्वाह गर्ने  संघसंस्था, स्वयमसेवक, गणक र सुपरीवेक्षक समेतलाई सम्मान गर्ने कार्यक्रमतय गरेका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho