आदिवासी जनजातिको महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित

लाक्पा जी शेर्पा

२०७८ चैत्र ११, शुक्रबार


लाक्पा जी शेर्पा
११ चैत्र, २०७८
नवलपरासी, कावासोती (शेर्पाखबर) ।
नेपाल आदिवासी जनजाति महासंघको १० औं महाधिवेशनबाट गेल्जे लामा शेर्पा.निर्वाचित भएका छन् । निर्वाचन प्रक्रियाबाट भएको नेतृत्व चयनमा अध्यक्षमा गेल्जे लामा शेर्पाले ४४ मतसहित विजयी हासिल गरेका हुन् । त्यस्तै, अध्यक्षका अर्का प्रत्यसी सोनाम वालुंग ले ८ मत प्राप्त गरेका थिए ।  जसमा १ मत बदर भएका थियो । 
नेपाली कांग्रेस समर्थितबाट गेल्जे लामा शेर्पा र माओवादी समर्थितबाट सोनाम लामा वालुंगले अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यस्तै, महासचिवमा एमाले समर्थित दिवस राई र जनता समाजवादी समर्थित सुखविर थामी प्रतिस्पर्धामा थिए । महासचिवमा दिवस राईले ३६ मत प्राप्त गरे । उनका प्रत्यासी सुखविर थामीले १५ ले मत पाए । २ मत
५६ वटा जातीय संस्थामध्ये ५४ वटाले महाधिवेशनमा भाग लिएका थिए । त्यसमापनि ५३ जनाले मात्रै मतदान गरेको थियो । हायु समुदायको प्रतिनिधीले निर्वाचनमा भाग लिएनन् । 
२१ सदस्यीय कार्यसमितिमा बरिष्ठा उपाध्यक्षमा बुद्ध घर्ती भुजेल, ७ उपाध्यक्षमा युवराज जिरेल, ध्यानी गराँउ, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुंग भोटे, लाक्पा शेर्पा (ढोक्प्या), लहरु जिमी, श्रुती कुमाल निविरोध निर्वाचित भए । 
त्यस्तै, उपमहासचिवमा रामकृष्ण लामा ब्लोन, सचिवहरुमा मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल, भद्र कुमारी बराम निर्विरोध चयन भए । कोषाध्यक्षमा विमल सारु मगर र सहकोषाध्यक्षमा रिदार नोसांग भोट चयन भएको निर्वाचन समितिका ज्ञानेन्द्र पुनले जानकारी दिए । 
मतदान शुरु हुन अघि अध्यक्ष र महासचिवका प्रत्यासीवीच सहमतिको प्रयास भएपनि सफल हुन नसकेपछि उम्मेदवारहरुलाई ५ मिनेटको प्रचार समय उपलब्ध गराएका थिए । प्रचारका क्रममा महासचिवका उम्मेदवार सुखवीर थामीले साना विचार समुदायलाई निषेध गरेर अघि बढ्न खोजेकाले उम्मेदवारी दर्ता गराएको र आदिवासी आन्दोलनमा ढटेर अघि बढ्ने बताएका थिए । अर्का, प्रत्यासी दिवस राईले लोकतान्त्रिक प्रक्रियामा सहभागि हुन पाउनु राम्रो पक्ष रहेको बताए । 
त्यस्तै, अध्यक्षका प्रत्यासी सोनाम लामाले आफू लामो समयदेखि आदिवासी आन्दोलनमा त्याग गरेको बताए । उनले विद्यार्थी कालदेखि आदिवासी आन्दोलनमा रहेकाले अधिकारकालागि निरन्तर अघि बढ्ने दृढता व्यक्त गरेका थिए । त्यस्तै, अर्को उम्मेदवार गेल्जे लामा शेर्पाले नेपाल शेर्पा संघको अध्यक्षसमेत भइसकेकोले आफूलाई पहिचान र अधिकारको आन्दोलनबारे अनुभव भएको सुनाए । उनले पहिचानसहितको संघीयतालाई संस्थागत गर्दै महासंघको संस्थागत विकासका लागि पहल कदमी लिने भन्दै मतदानका लागि आह्वान गरेका थिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho