अध्यक्ष पदमा शेर्पाको उम्मेदवारी दर्ता, निर्विरोध हुने संभावना

लाक्पा जी शेर्पा

२०७८ चैत्र १०, विहिबार


लाक्पा जी शेर्पा
नवलपरासी (शेर्पाखबर) ।
नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वका लागि गेल्जे लामा शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिको कार्यतालिका अनुसार अध्यक्ष पदमा शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन् । 
शेर्पालाई तमु ह्युल छोजाँधीका रेशम गुरुङले प्रस्ताव गरेका छन् भने विकास सुरेलले समर्थन गरेका छन् । नेपाली कांग्रेस र एमालेको गठवन्धनबाट उम्मेदवार बनेका शेर्पाले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । निर्वाचन समितिले तोकिएको समय बाँकी रहेकाले अहिलेसम्म शेर्पाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिको ज्ञानेन्द्र पुनले जानकारी दिए । 
त्यस्तै, महासचिवमा किरात राई यायोख्खाका दिवस राईले उम्मेदवारी दर्ता गरेका छन् । सबै भन्दा बढी मत भएको एमालेको तर्फबाट राईले महासचिवमा दाबी गरे हुन् । सबै भन्दा बढी मत भएको एमालेले र कांग्रेसले गठवन्धन गरेपछि शेर्पाको जित निश्चित भएको छ । शेर्पा निर्विरोध अध्यक्ष हुने संभावना प्रवल रहेको बुझिएको छ । 
राती १२ बजेसम्म निर्वाचन समितिले नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । ५६ जातीय संस्था आबद्ध रहेपनि अन्तिम मतदाता नामावली प्रकाशन गर्दा ५४ वटा मात्रै जातीय संस्थाले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । 
एमाले र कांग्रेसले गठवन्धन गरेपछि माओवादी, जसपा र एकिकृत समाजवादी कसरी अघि बढ्ने भन्ने विषयमा शिर्ष तहमा छलफल भइरहेको एक नेताले जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho