नगरको सहयोगमा भव्य ल्होसार

लाक्पा जी शेर्पा

२०७८ चैत्र १, मंगलबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ग्याल्पो ल्होसार भव्य रुपमा मनाइएको छ । हिमलाी शेर्पा समाजको आयोजना र नगरपालिकाको सहयोगमा ल्होसार मनाइएको हो । 
छु फो ताक ल्हो २१४९ नगरपालिकाको वेशीगाउँ–अत्तरखेल क्षेत्रका शेर्पाहरुको सहभागितामा मनाइएको संस्थाका अध्यक्ष छिरिङ छेन्जुम शेर्पाले जानकारी दिइन् । ग्याल्पो ल्होसार मनाउनका लागि शेर्पा समुदायका लागि नगरले २ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । सबैतिर आफ्नो खर्च र आर्थिक सहयोग संकलन गरेर ल्होसार मनाइरहेको सन्दर्भमा स्थानीय सरकारले नै ल्होसार मनाउन बजेट विनियोजन गरेपछि यहाँका शेर्पाहरु दंग छन् । प्रत्येक बर्ष व्यक्तिव्यक्तिसँग हात थापेर, टिकट कटाएर ल्होसार मनाउन गरेको भएपछि यसबर्ष नगरले बजेट विनियोजन गरेपछि सहज रुपमा आफ्नो संस्कृति अनुसारको कार्य गर्न पाएको समाजकी सचिव निमा शेर्पाले बताइन् । ‘अरु धेरैले नगरबाट बजेट लिएर कार्यक्रमहरु गरेका देखेका सुनेका थियौं तर हामीलाई अहिलेसम्म सहयोग भएको थिएन । यस विषयमा चासो राख्दा नगरप्रमुखले सकारात्मक रुपमा लिनुपयो र सहयोग पायौं ।’ सचिव शेर्पाले अघि भनिन् ‘नगरको सहयोग पाएपछि हामी खुसी छौं । यस क्षेत्रका ग्याल्पो ल्होसार प्रेमीहरुले आफ्नो संस्कृतिलाई नजिकबाट चिन्ने अवसर पायो ।’
 

ल्होसार शुभकामना आदनप्रदान कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले शेर्पा समुदायको बाहुल्य रहेको आफ्नो क्षेत्रमा समुदायसँग पहिलो पटक ल्होसार मनाउन पाउँदा खुसी लागेको बताए । ‘छुट्टै मौलिक पहिचान भएको शेर्पा जातिको आफ्नै खाले संस्कृति छ । परम्परागत मान्यताहरु छन् । त्यसलाई जगेर्ना गर्नु नगरको पनि दायित्व हो ।’ नगरप्रमुख चालिसेले भने ‘समुदायको विकासको अरु उन्नतशील कार्यका लागि नगर सकारात्मक छ ।’
नगरप्रमुख चालिसेले नगरक्षेत्रभित्र ल्होसारको थप विदा दिने सम्वन्धमा उठेका प्रश्नमा नीतिगत रुपमा संघीय सरकारले तोको अवधी भन्दा बढी दिन विदा दिने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष तेन्जी शेर्पाले शेर्पा संघको भवन गोकर्णेश्वर नगरक्षेत्रमा रहेको र त्यहाँ संग्राहालय, पुस्ताकालय निर्माणको कार्य अघि बढेकाले नगरले सहयोग गर्नुपर्ने माग राखे । शेर्पा समुदाय हकहित, अधिकार र सभ्यता रक्षाका लागि नेपाल शेर्पा संघ निरन्तर क्रियाशिल रहेको र नगरसँग हरक्षेत्रमा सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताए । 

 नगरपालिकाले बजेट विनियोजन गर्ने भएपछि स्थानीय महिलाहरुको अगुवामा संस्था गठन गरेको र ल्होसार मनाउन थालेको र अब बार्षिक रुपमा नै कार्यक्रमहरु आयोजना गर्ने समाजले जनाएको छ । कार्यक्रममा शेर्पा समुदायका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती थियो । ल्होसारमा विधि अनुसारका परिकारहरु राखिएका थिए भने संस्थाका कलाकारहरुले श्याब्रु लगायतको नृत्य प्रस्तुत गरेको थियो । ल्होसारका लागि संस्थाले १५ दिने श्याब्रु तथा शेर्पा संस्कारमा आधारित विषयमा प्रशिक्षण समेत सञ्चालन गरेको थिए । सोही अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेको थियो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho