‘आँशुको उपहार’ सार्वजनिक
प्रमिला श्रेष्ठ
२०७८ फाल्गुन ३०, सोमबार

प्रमिला श्रेष्ठ
३० फागुन २०७८
ओखलढुंगा– ओखलढुंगेली सर्जक सरीता श्रेष्ठको ‘आँशुको उपहार’ बोलको गीत सार्वजनिक भएको छ । श्रेष्ठको शब्द, लक्ष्मी खड्का र समिर परियारको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो ।
साईरम पिक्चर्स युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक परियारले स्वयम् सगींत भरेका छन् । आधा दर्जन भन्दा बढी लोकगीतमा स्वर भरेकी सरीताको शब्दसृजना भने तेस्रो हुन् । सरीताले यसअघि बेसाहरा, प्यारो ओखलढुंगामा शब्द तथा स्वर र नाम्चे बजार, दशैं गीत, ए छोरा लगायतमा पनि स्वर भरेकी थिईन् । जसमध्ये नाम्चे बजार दर्शक श्रोताले अत्याधिक रुचाएका छन् । ‘आशुको उपहार’लाई पनि दर्शक श्रोताकको माया र साथ पाउने अपेक्षा गरेकी छन् ।