श्याब्रु नृत्य प्रशिक्षण सकियो

दावा जाङबु शेर्पा

२०७८ फाल्गुन ३०, सोमबार


दावा जाङबु शेर्पा
ओखलढुंगा (शेर्पाखबर) ।
यहाँको खिजीदेम्बा गाउँपालिका ५ चुप्लुमा आयोजित श्याब्रु नृत्य प्रशिक्षण सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालित श्याब्रु प्रशिक्षण औपचारिक कार्यक्रमकावीच सम्पन्न भएको हो । 
नेपाल शेर्पा संघ खिजीदेम्बाद्धारा आयोजित प्रशिक्षणको संघका केन्द्रीय सल्लाहकार गम्बु शेर्पाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समापन गरिएको अध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिए । तालिमको प्रशिक्षण श्याब्रु शिक्षक आङ फुटी शेर्पाले गरेका थिइन् । खिजीदेम्बा गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा ४० भन्दा बढीको सहभागिता रहेको थियो । श्याब्रु नृत्य शेर्पा संस्कृतिमा आधारित विशेष नाच हो । 
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले ‘शेर्पा जातिको आफ्नो छुट्टै मौलिक पहिचान रहेको र श्याब्रु जस्ता मौलिक नृत्यहरुले संस्कृतिको जगेर्ना गरेको’ बताए । भाषा, कला, संस्कृतिको संरक्षण र रक्षाका लागि संघको तल्लो इकाईहरुले दखाएको क्रियाशिलताको प्रशंसा गर्दै शेर्पाले सबै क्षेत्रबाट जागरुप भएर क्रियाशिल हुनुले भावि पुस्तालाई आफ्नो बारेमा बुझ्न सजिलो हुने बताए । 
कार्यक्रममा प्रशिक्षार्थीहरुले सिकेका कला प्रस्तुत गरेका थिए । त्यस्तै, शेर्पा संस्कृती र रितिरिवाज विवाह, स्वागत, शुभकार्यहरुमा गर्नुपर्ने कार्यको नमुना समेत प्रस्तुत गरेका थिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho